Jankari Kendra
२३ आश्विन २०८३, शुक्रबार

बराह सहकारीपीडितको धरानमा चर्को आन्दोलन, मेयर साम्पाङको कार्यकक्षमा तोडफोड

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, १६
बराह सहकारीपीडितको धरानमा चर्को आन्दोलन, मेयर साम्पाङको कार्यकक्षमा तोडफोड

काठमाडौं । आन्दोलनमा उत्रिएका धरानका बराह सहकारी पीडितहरुले धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङको कार्यकक्ष समेत तोडफोड गरेका छन् ।

उक्त बराह सहकारीमा बचतकर्ताको करिब ८ अर्ब रुपैयाँ हिनामिना भएको र रेकर्डमा पनि नदेखाइएको भन्दै निक्षेपकर्ता आन्दोलनमा उत्तिएका हुन् । आइतबार प्रदर्शनकारीको जमातले उपमहानगरपालिकामा पुगेर तोडफोड गर्न समेत भ्याएका हुन् ।

धरानका २० वटै वडाका निक्षेपकर्ताहरु आफुहरु सहकारी पीडित भएको भन्दै विगत १ वर्षदेखि आन्दोलनमा छन् । ‘मलाई सोधेर पैसा दिएको हो र’ भन्ने मेयर साम्पाङको जवाफले पीडितहरु झन आक्रोसित भएको जनाइएको छ ।

Top Changing Nepal

युट्युब सट्स