कुमारी बैंकको नाफा ४४ प्रतिशतले वृद्धि
काठमाडौं । कुमारी बैंकको नाफा गत आर्थिक वर्ष २०७८/७९ मा करिब ३ अर्ब पुगेको छ ।
प्रकाशन गरेको गत आ.व.को अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ९७ करोड ७ लाख नाफा कमाएको बैंकको नाफा गत आ.व.मा ४३.८७ प्रतिशतले नाफा वृद्धि भएको हो । खुद ब्याज आम्दनी र बैंकको नाफा पनि उल्लेख्य बढेको ट ।
गत आ.व.मा खुद ब्याज आम्दानी २५.६७ प्रतिशतले बढाएर ६ अर्ब ३८ करोड ७ लाख खुद ब्याज आर्जन गरेको छ । अघिल्लो आ.व.मा बैंकले खुद ब्याज ५ अर्ब ७ करोड ७५ लाख आर्जन गरेको थियो । गत आ.व.मा बैंकको निक्षेपमा २१.२१ प्रतिशतले बढेर १ खर्ब ७६ अर्ब ७६ करोड ७७ लाख पुग्दा कर्जा ११.२२ प्रतिशतले बढेर १ खर्ब ५३ अर्ब ३६ करोड ९८ लाख पुगेको छ । कर्जा ११ प्रतिशतले मात्रै बढ्दा पनि कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड दर) बढाउँदा बैंकको खुद ब्याज आम्दानी बढेको हो ।
यसैगरी, अघिल्लो आ.व २०७७/७८ मा ३.३१ प्रतिशत रहेको बैंकको स्प्रेड रेट बढेर आ.व. २०७८/७९ मा ४.३६ प्रतिशत पुगेको छ । जसले बैंकको खुद ब्याज आम्दानी बढेको छ । त्यस्तै, आम्दानी बढेसँगै कर्मचारी खर्च बढेको भए तापनि नाफा बढेको छ । बैकको कर्मचारी खर्च २ अर्ब २ करोड ३९ लाखबाट बढेर २ अर्ब ३४ करोड १५ लाख पुगेको छ । बैंकको सञ्चालन मुनाफा ३२.६८ प्रतिशतले बढेर ३ अर्ब ९८ करोड ८२ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा बैंकले ३ अर्ब ५८ लाख सञ्चालन मुनाफा कमाएको थियो ।
बैंकको प्रतिसेयर आम्दानी र नेटवर्थ पनि बढेको छ । अघिल्लो आ.व.मा १४ रुपैयाँ २० पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी गत आ.व.मा १९.२७ रुपैयाँ पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १३६.१३ रुपैयाँबाट बढेर १४४.१ रुपैयाँ पुगेको छ । अघिल्लो आ.व.मा १३ अर्ब ८७ करोड ८५ लाख चुक्ता पूँजी बैंकले गत आ.व.मा बोनस सेयरमार्फत चुक्ता पूँजी १४ अर्ब ७१ करोड १२ लाख पुर्याएको छ ।
बैंकको निष्क्रिय कर्जा ०.९६ प्रतिशत रहँदा पूँजी पर्याप्तता अनुपात १३.७१ प्रतिशतबाट झरेर १२.९८ प्रतिशत पुगेको छ । तयस्तै, कर्जा-निक्षेप अनुपात ८५.१२ प्रतिशत रहेको बैंकले गत आ.व.मा सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने १ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ छ ।
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नेपाल बैंकले लोवर ठुलोखोला जलविद्युत आयोजनाका लागि कर्जा लगानी गर्ने
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
एभरेष्ट बैंकले कमायो ५ अर्ब ७ करोड, वितरणयोग्य मुनाफामा दोहोरो अंकको वृद्धि
३३.५० प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, लाभांश क्षमता प्रतिकित्ता १९.१० रुपैयाँ
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

