चाडपर्वलाइ मध्यनजर गर्दै प्रहरीले स्थापना गर्यो यात्रु साहायता डेस्क
जानकारी केन्द्र
२०७२, कार्तिक, २
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङले चाडपर्वका बेला हुन सक्ने अवाञ्छित गतिविधि रोक्न गजुरीमा असोज २६ गतेदेखि “यात्रु सहायता डेस्क” स्थापना गरेको छ ।
नेपालीहरुको महान पर्व दशैं, तिहार र छठका अवसरमा राजमार्गमा चल्ने सवारी साधनहरुमा हुन सक्ने चोरी, डकैती, भाडामा अनियमिता चोरी निकासी पैठारी नियन्त्रण गर्न र अलपत्रमा परेका यात्रु र उनीहरुको सामानको सुरक्षाका लागि डेस्क स्थापना गरिएको नेपाल प्रहरीले जनाएको छ ।
सो कार्यक्रम अन्तर्गत डेस्कले असोज ३० गते ३ वटा सवारी साधनका २५ जना यात्रुहरुको नियमित भन्दा बढी लिएको भाडा वापत ३ हजार ५ सय ५० रुपैयाँ तथा कात्तिक १ गते ६ वटा सवारी साधनबाट ५६ जना यात्रुहरुलाई ९ हजार ४ सय रुपैयाँ भाडा यात्रुहरुलाई फिर्ता गराएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

