Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

चीनले फ्रि मा हजार मेट्रिक टन तेल नेपाल पठाउँदै- जानकारी केन्द्र

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, कार्तिक, ७
चीनले फ्रि मा  हजार मेट्रिक टन तेल नेपाल पठाउँदै- जानकारी केन्द्र

भारतीय नाकाबन्दीपछि इन्धनको संकट टार्न विकल्प खोजिरहेको सरकारलाई चीन सरकारले एक हजार मेट्रिक टन इन्धन अनुदान सहयोगस्वरुप मंगलबार पठाइदिने भएकाे छ ।

भारतीय नाकाबन्दीपछि इन्धन आयातको विकल्प खोजिरहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत उ चुन्ताईबीच भएको सहमति बमोजिम् चीनबाट मंगलबार रसुवा–केरुङ नाका हुँदै हजार मेट्रिक टन इन्धन नेपाल भित्रन लागेको हो ।
भारत भ्रमणका गएका उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापालाई भारतीयपक्षले नाकाबन्दी नखोल्ने जनाउ दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट इन्धन आयतका लागि सक्रिय भएका थिए ।

केही दिनअघि चिनियाँ राजदूत उ चुन्ताई र प्रम ओलीबीच भएको छलफलमा भएको सहमति अनुसार चीनले यही मंगलबार एक हजार मेट्रिक टन इन्धन अनुदानस्वरुप नेपाल पठाउन लागेको हो ।

चीनले अनुदानस्वरुप दिने सो इन्धन रसुवा–केरुङ नाकाबाट मंगलबार नेपाल पठाउने तयारी गरेको छ ।

‘प्रधानमन्त्री र चिनियाँ राजदूतबीच भएको सहमति बमोजिम चीनले पहिलो चरणमा अनुदानस्वरुप हजार मेट्रिक टन इन्धन नेपाल पठाउन लागेको हो’, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘इन्धन आयातको विस्तृत सम्झौताका लागि आइतबारै सरकारको उच्च टोली बेइजिङ जाने कार्यक्रम छ ।’
-अन्नपुर्ण पोष्ट बाट

Top Changing Nepal

युट्युब सट्स