बीरगंजमा मोर्चाका कार्यकर्ताले अाज पनि यसरी गरे आगजनी र तोडफोड-जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, कार्तिक, १८
बीरगंज उपमहानगरपालिका–१५ मूरली चोकमा मधेशी मोर्चाका कार्यकर्ताले बुधबार प्रहरीमाथि ढुंगामुढा प्रहार गर्दा नजिकै रोकी राखेको अञ्चल सशस्त्र प्रहरी गुल्म नारायणीको ना.१ ग ४७९ नम्बरको वानटन गाडीको अगाडिको शिसा फुटेर क्षति भएको छ । प्रहरीले प्रदर्शनकारीलाई सम्झाई तितरबितर पारेको छ ।
यसैगरी पर्सा बीरगंज उपमहानगरपालिका–१० माईस्थान चोकमा मधेशी मोर्चाका कार्यकर्ताले बुधबार प्रहरीमाथि पेट्रोल बम प्रहार गर्दा सोही ठाउँ बस्ने दिपक शाहको घरको झ्यालमा परी आगलागी भएको छ । प्रहरीले तत्काल आगो नियन्त्रणमा लिएको छ । सो कार्यमा संलग्न बीरगंज उपमहानगरपालिका–१९ बस्ने १५ वर्षीय अमितकुमार जैसवाललाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल प्रहरीले जानकारी केन्द्र लाइ बताएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

