Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

नेपालमा गम्भीर मानविय संकट आउन सक्ने भन्दै अमेरिकाले निकाल्यो यस्तो विज्ञप्ति

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, कार्तिक, १९

अमेरिकाले नेपालमा गम्भीर मानविक संकट आउन सक्ने खतरा रहेको औंल्याएको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले ‘नेपाल–भारतमा पैदा भएको राजनीतिक समस्याका कारण सृजना भएको इन्धन लगायत औषधि र खाद्यान्नको अभावले गम्भीर मानवीय संकट ‘ आउन सक्ने औंल्याएको हो ।
यसविषमा चासो सहित एक विज्ञप्ती जारी गर्दै दूतावासले चाडो भन्दा चाँडो समस्याको समाधान हुनुनर्पेमा जोड दिएको छ ।
सीमामा जारी समस्याका कारण भूकम्प पीडितहरुलाई राहत पुर्यारउन निकै कठिन हुन थालेको भन्दै विज्ञप्तीमा अगाडि भनिएको छ, ‘ जाडो महिनायाम सुरु भएपनि भूकम्प पीडितलाई राहत पुर्या उन सकिएको छैन यसले गम्भीर मानवीय संकट निम्त्याउन सक्छ ।’
यस्तै गतिरोधमा संलग्न सबै पक्षले आफ्नो तर्फबाट गर्दै आइरहेको समाधानको प्रयासलाई दुई गुणा बढाउनु पर्नेमा विज्ञप्तीमार्फत सुझाव दिइएको छ ।

विज्ञप्तीमा सबै पक्षको योगदानबाट मात्रै राजनीतिक वार्ताको सकारात्मक वातावरण निर्माण हुने र नयाँ संविधानमा सबैको भावना समेटिने उल्लेख गरिएको छ ।
विज्ञप्तीमा नेपाल आफ्नो लोकतान्त्रिक मार्गमा अघि बढिरहेको उल्लेखसहित अमेरिका भूकम्पपछिको पुननिर्माणमा सहयोग गर्न सदैव तत्पर रहेको समेत जनाइएको छ ।

 

Top Changing Nepal

युट्युब सट्स