मधेशलाई छुट्याई छाड्ने पूर्व सभासद सिंहको अभिव्यत्ति – जानकारी केन्द्र
रोशन पोखरेल
रिपोटर्स क्लव रौतहटको कार्यक्रममा पूर्व सभासद बबन सिंहले मधेश आन्दोलन चरम सीमामा पुगीसकेको बताएका छन। मधेश आन्दोलनलाई कमजोर बनाउन केही तस्करहरू लागी परेको समेत उनले दाबी गरेका छन। मधेश आन्दोलनका कारण केपी ओलीको सरकार धेरै दिन सम्म चल्दैन यो मधेश विरोधी सरकार हो। मधेशबाट १ लिटर तेल पहाड तिर जान दिदैनौ। मधेश जनतालाई अब छुट्टै देश चाहिन्छ जुन यो देश भित्रै सदियौ देखी बसोबास गरिरहेका मधेश जनताहरू सँग विभेद शोषण गर्ने यो शाषण वर्ग रहनु विष पिउनु बराबर रहेको सिंहले बताएका थिए। सो कार्यक्रममा विन्देश्वर यादव, रणधीर कुमार सिंह, शैलेन्द्र सिंह लगाएतका स्थानिय नेताहरूको सहभागीता रहेको थियो।