अदालती सुनुवाईमा सयौँ साङ्ला छोडिएपछि ..
एजेन्सी । अमेरिकाको न्युयोर्क राज्यमा एउटा अदालती सुनुवाईका क्रममा अकस्मात सयौँ साङ्ला छोडिएका छन् । बहसका क्रममा छोडिएका साङ्ला धपाउन किटनाशक औषधिको प्रयोगपछि अदालतको सुनुवाई समेत स्थगित भएको थियो ।
प्राप्त विवरणहरू अनुसार ल्बानी सिटी कोर्टमा सुनुवाईको क्रममा विवादपछि साङ्ला छोडिएको थियो । अदालतको कार्यवाहीको भिडियो खिच्न खोज्ने व्यक्तिलाई रोक्न थालेपछि विवाद बढेको थियो ।
अदालतका अनुसार विवादपछि प्लास्टिक कन्टेनरहरूमा अदालतमा ल्याइएका सयौं साङ्लाहरू छोडिएका थिए । साङ्ला फालिएको विषयमा अनुसन्धान भइरहेको छ । साङ्ला धपाउन किटनाशक औषधि छर्किएकाले अदालत बन्द गरिएको थियो ।
अदालतका अधिकारीहरूले खराब आँचरण, सरकारी प्रशासनमा बाधा पुर्याएको र भौतिक प्रमाणमा अवरोध गरेको आरोपमा एक ३४ वर्षीया महिलालाई पक्राउ गरेका थिए । तर, पक्राउको केही समयपछि उनी रिहा भएकी थिइन् ।
सुनुवाइको समयमा अदालतममा भएको हर्कत त्यहाँको कारवाहीमा बाधा र क्षति पुर्याउने उद्देश्यले गरिएको आपराधिक व्यवहार भएको अदालत प्रशासनको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
