Jankari Kendra
२० आश्विन २०८३, मंगलवार
Worldlink

एमालेलाई २३ क्षेत्रमा पार्टीकै पूर्व नेताबाट चुनौती

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, २६
एमालेलाई २३ क्षेत्रमा पार्टीकै पूर्व नेताबाट चुनौती

काठमाडौँ । मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेलाई विभाजित भएर गएका नेताहरूबाटै खतरा देखिएको छ। एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी ९नेकपा एस० र एमालेका उम्मेदवार २० वटा निर्वाचन क्षेत्रमा आमनेसामने हुँदैछन् ।

आफ्नै दलका पूर्वनेताहरूसँग आमनेसामने हुने निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारले जित निकाल्न असहज हुने महसुस गरेका छन्। उम्मेदवारी मनोनयनको एक दिनअघि एमालेबाट बाहिरिएर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालसँग पनि एमालेले प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।

एमालेका उम्मेदवारले प्रतिनिधिसभाका २३ वटा निर्वाचन क्षेत्रमा आफ्नै दलका पूर्वनेताहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ। सत्ता गठबन्धनभित्रको नेकपा एसले उम्मेदवारी दिएका २० र अन्य ३ स्थानमा एमालेले आफ्नै दलका पूर्वनेताहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । यो समाचार नागरिक दैनिकमा छ ।

Top Changing Nepal

युट्युब सट्स