चोरीको मोटरसाइकल सहित एक व्यक्ति पक्राउ
काठमाडौँ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलिले चोरीको मोटरसाइकल सहित सोमबार एक जनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको रोशि गाँउपालिका घर भइ हाल काठमाडौँको बुढानिलकण्ठ बस्ने २८ वर्षिय वाङजु लामालाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो । स १० प १३ २७ नम्बरको २२० सि।सिको पल्सर मोटरसाइकल ललितपुरको ललितपुर महानगरपालिका १८ मगरगाँउबाट हराएको भनी ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा २०७८ कात्तिक २५ गते निवेदन परेको थियो ।
उक्त निवेदनको आधारमा खोजि गर्ने क्रममा सोमबार साँझ ५ बजे काठमाण्डौको बानेश्वरबाट परिवर्तित नम्बर बा ९३ प ८७८ प्रयोग गरी लामालाई चलाइरहेको अवस्थामा भेटेपछि ट्राफिक प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका लामालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि आज जिल्ला प्रहरी परीसर जावलाखेल ललितपुर पठाइएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको
छ ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएकोमा स्वयं सवारी धनी पनि बिशेष सजग हुनुपर्ने र
सवारी चालक पनि थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र सवारी साधन पार्किङ गर्ने, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्ने गरेमा चोरी नियन्त्रणमा प्रभावकारी भुमिका खेल्नसक्ने प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताउनु भएको छ । सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।
सम्बन्धित समाचार
सेप्टेम्बरमा लिपमोटरको १ लाख ५ हजार ६५६ युनिट डेलिभरी, विश्वव्यापी कीर्तिमान कायम
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
ट्रेन्डिङ
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

