राष्ट्रपतिले सरकार गठनका लागि दलहरूलाई दिएको समय आज सकिँदै
काठमाडौँ । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई दिएको समय आज सकिँदै छ । संविधानको धारा ७६ ९२० अनुसार सरकार गठन गर्न राष्ट्रपति भण्डारीले आज ९आइतबार० साँझ ५ बजेसम्मको समय दिएकी छन् ।
संसदमा कुनै पनि दलको बहुमत नआएकाले धारा ७६ को उपधारा १ अनुसार सरकार बन्न नसक्ने देखिएका कारण राष्ट्रपति भण्डारीले सदनमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्नका लागि आह्वान गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय पुस १० गते ९आइतबार० साँझ ५ बजेसम्म तोकेकी राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सत्ता गठबन्धनले सरकार गठनको विषयमा छलफल केन्द्रित गरे पनि सहमतिमा पुग्न सकेका छैनन् । माओवादी केन्द्र अथवा नेपाली कांग्रेस कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेको हो । दुवैले पहिलो सरकारको नेतृत्व आफ्नो दलले गर्न पाउनु पर्ने दाबी नछोडे पछि राष्ट्रपतिले दिएको समयमा सहमति नजुट्ने देखिएको छ ।
सम्बन्धित समाचार
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
