डा. सन्दुक रुइतलाई १० लाख डलरको इसा अवार्ड प्रदान गरिने
जानकारी केन्द्र
२०७९, माघ, ४
काठमाडौँ । डा . सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाउने भएका छन् । बहराइन सरकारले १० लाख अमेरिकी डलर राशीको उक्त अवार्ड प्रशिद्ध नेत्र चिकित्सक डा। रुइतलाई प्रदान गर्ने निर्णय गरेको हो।
मंगलबार बहराइनको राजधानी मनमामा आयोजित एक कार्यक्रमका बीच सन् २०२३ का लागि उक्त अवार्ड डा. रुइतलाई प्रदान गर्ने घोषणा गरिएको हो।
डा. रुइतलाई मानव कल्याणका लागि पुर्याएको योगदानका लागि उक्त पुरस्कार प्रदान गर्न लागिएको बहराइन सरकारले जनाएको छ।
बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
