नपत्याउने खोलाले बगाउन सक्छः ईश्वरी न्यौपाने
काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट सभामुख पदकी उम्मेदवार ईश्वरी न्यौपानेले जित्नकै लागि उम्मेदवारी दिएको बताएकी छन् ।
‘म लोकतन्त्रमा विश्वास गर्छु । निर्वाचनमा विश्वास गर्छु । लोकतन्त्रको सौन्दर्य नै निर्वाचन हो । निर्वाचनमा हारजित दुवै हुन्छ । त्यसलाई स्वीकार्नु पर्छ । म हारजित दुवैलाई सहजै स्वीकार्छु,’ नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै न्यौपानेले भनिन् ।
हार्नका लागि कि जित्नका लागि तपाईंको उम्मेदवारी भन्ने धमलाको प्रश्नमा उनले भनिन्, ‘मेरो उम्मेदवारीलाई नेकपा एस, जसपा र लोसपाको समर्थन छ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग पनि कुराकानी भइरहेको छ । नपत्याउने खोलाले बगाउँछ कहिलेकाहीं । चुनाव हो, जित्न पनि सकिन्छ ।’
आफू सभामुखमा निर्वाचित भए पदीय मर्यादा राख्ने पनि न्यौपानेले बताइन् । उनले भनिन्, ‘मैले दुईपल्ट संविधानसभाको अनुभव लिएकी छु । विगतमा सभामुख पार्टीको छायामात्र बनेको पनि देखें । तर म सभामुख भएँ भने संसदको मर्यादा राख्ने कोसिस गर्छु । सरकारलाई संसदप्रति जवाफदेही बनाउँछु । सबैलाई मिलाएर लैजान्छु । हेरौं न, सांसदहरुले मलाई साथ दिन्छन् कि दिँदैनन् ।’
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


