यी उपाय गरे ग्यास्ट्रिकबाट तुरुन्त राहत पाउन सकिन्छ
एजेन्सी । लामो समयसम्म भोकै रहँदा, धेरै चिल्लोपिरो खानेकुरा खाँदा वा अनिदो, शरीरमा पानी कम हुँदा लगायत विविध कारणले ग्यास्ट्रिकको समस्या देखा पर्छ ।
ग्यास्ट्रिकबाट तुरुन्त छुट्कारा पाउन केही घरेलु उपाय पनि अपनाउन सकिन्छ । जसमध्ये १० वटा उपाय यहाँ दिइएको छ ।
१. जीरा : चिसो पानीमा एक चम्चा भुटेको जीराको पाउडर घोलेर पिउनुहोस् । यसबाट अपचको समस्या हुनेछैन र ग्यास्ट्रिक निको हुनेछ ।
२. पुदिना : एक गिलास पानीमा आधा चम्चा पुदिनाको रस हालेर पिउनुहोस् । अर्कोतर्फ पुदिनाको चिया पनि पिउन सक्नुहुन्छ । यसले ग्यास्ट्रिकको समस्या हट्नेछ ।
३ . मरिच : एक चम्चा महमा आधा चम्चा मरिचको धुलो मिलाएर खानुहोस् । यसको आधा घण्टापछि मात्र पानी पिउनुहोस् । यसले पनि ग्यास्ट्रिक निको हुन्छ ।
४. बेसार : आधा चम्चा बेसारको पाउडर खाएर पानी पिउनुहोस् । त्यसपछि केरा वा दही खानुहोस् । बेसारको एन्टी इन्फ्लेमेटरी र एन्टी फंगल गुणले पेटको समस्या हट्छ ।
५. मेवा : ग्यास्ट्रिक भएकाले कालो नुन हालेर मेवा खानुहोस् । मेवामा रहेको पेपिन र बीटा क्यारोटिनले पेटको समस्याबाट राहत दिन्छ ।
६. मेथीकाको दाना : एक गिलास पानीमा एक चम्चा मेथीको दाना हालेर उमाल्नुहोस् । पानी आधा भएपछि छानेर पिउनुहोस् । ग्यास्ट्रिकबाट तुरुन्त छुट्कारा पाइन्छ ।
७ . सोंफ र कालो नुन : एक चम्चा सोंफ र कालो नुन खानुहोस् र सँगै एक गिलास मनतातो पानी पिउनुहोस् । ग्यास्ट्रिकको समस्याबाट राहत मिल्नेछ ।
८ . अदुवा : एक कप तातो पानीमा आधा चम्चा अदुवाको पाउडर र थोरै हिंग र कालो नुन मिलाएर पिउनुहोस् ।
९ . ज्वानो र कागती : एक गिलास पानीमा एक चम्चा ज्वानो हालेर उमाल्नुहोस् । यसलाई छान्नुहोस् र फेरि कागतीको रस, थोरै पुदिनाको रस, २ चम्चा मिश्री, थोरै कालो नुन र थोरै भुटेको जीरा हालेर पिउनुहोस् । यसले ग्यास्ट्रिक निको हुन्छ ।
१० . एप्पल साइड भेनेगर : एक गिलास मनतातो पानीमा एक कप एप्पल साइड भेटेगर मिलाएर पिउँदा पनि ग्यास्ट्रिक कम हुन्छ ।
यी उपाय विभिन्न अध्ययन तथा डाक्टरको भनाईमा आधारित रहेर बनाइएको हो । यदी तपाईंलाई कुनै पनि खालको फुड एलर्जी वा अन्य समस्या छ भने डाक्टरको सल्लाह लिनु झनै उपयोगी हुनेछ ।
सामान्य पेटको समस्यामा यस्ता घरेलु उपायले निको बनाउन पनि सकिन्छ ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
