काठमाडौं । साताको पहिलो कारोबार आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार तोलामा सात सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ घटेको हो ।
नेपाल सुन व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख पाँच हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।





