Jankari Kendra
२७ आश्विन २०८३, मंगलवार

बुफे : थरीथरी व्यञ्जन, तर खाने कसरी ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, ८
बुफे : थरीथरी व्यञ्जन, तर खाने कसरी ?

काठमाडौं । अहिले होटल- रेस्टुरेन्टमा गरिने पार्टीमा मात्रै होइन घरमै हुने भोजभतेरमा पनि बुफे राख्ने चलन बढेको छ । त्यहाँ अनेकथरी व्यञ्जन हुन्छ, जुन हामी एउटै प्लेटमा एकै पटक उठाइदिन्छौं । पटकपटक आहार कक्षमा जान लाज वा अल्छी मान्छौं ।

यसरी एकै ठाउँमा थरीथरी खानेकुरा राखेर खाँदा आपसमा त्यसको स्वाद नमिल्ने पनि हुन्छ । खासमा बुफेबाट खाना लिने तरिका के हो रु कस्तो परिकार पहिला खाने, कुन परिकार पछि खाने रु

होटेल रेस्टुरेन्टमा गएर खानेकुरा अर्डर गरेपछि त्यो तयार भएर आउनका लागि केही समय कुर्नुपर्ने हुन्छ । व्यस्त समयमा खाना खान गएको बेला धेरै समय कुर्नु नपरोस् भनेर आजभोलि बुफे राखिएको हुन्छ ।

बुफेमा स्टाटर, सुप, मेन कोर्स र डिजर्ट गरेर चार कोर्समा खानेकुरा राखिएको हुन्छ । जुन पहिले नै तयार गरेर राखिएको हुन्छ । छोटो समयमा चारवटा कोर्सको खानेकुरा खान चाहनेहरूको लागि यो बुफे सिस्टम बनेको हुन्छ । तर धेरैले खानेकुरालाई आनन्दपूर्वक खान भने जानेको देखिंदैन ।

बुफेमा खाने तरिका

बुफेमा समावेश भएका हरेक खानेकुरालाई स्वाद लिएर आनन्दले थपीथपी खानुपर्छ । बुफेको खानामा विविधता हुन्छ । आफूलाई मन परेको खानेकुरा रोजेर खान सकियोस् भनेर त्यो विविधता राखिएको हो । तर धेरै व्यक्तिको बुझाइ के हुन्छ भने सबै खानेकुरा एउटै प्लेटमा हालेर खाने हो ।

धेरैलाई थपेर खायो भने इज्जत जान्छ र यो व्यक्ति कति पटक थप्न गएको भनेर अरूले भन्छन् कि भन्ने लाग्छ । जसले गर्दा थप्न जानु नपरोस् भनेर सबै खाना एउटै प्लेटमा ल्याएर खाने गर्छन् । त्यसरी सबै कुरा एकै ठाउँ मिसाएर खाँदा खानाको स्वाद आउँदैन । त्यसैले बुफेमा खाँदा आफूलाई मन परेको खानेकुरा एउटा–एउटा गरेर स्वाद लिएर समय लगाएर थपीथपी खानुपर्छ ।

बुफेको अर्को उद्देश्य भनेको खाना खेर नजाओस् भन्ने पनि हो । सामान्यतया रेस्टुरेन्टहरूमा एउटा खाना २०० देखि २५० ग्राम ‘पोरसनको’ हुन्छ । सबै व्यक्तिले २५० ग्राम खाना नखान सक्छन् र खाना खेर जान सक्छ । कुनै व्यक्तिलाई १०० ग्राम मात्र खान मन छ भने बुफेमा त्यति मात्र लिएर खान सक्ने भयो ।

खानाको कोर्स छुट्याइएको बुफेमा हरेक कोर्सको लागि छुट्टाछुट्टै प्लेट पनि राखिदिएको हुन्छ । स्टाटरको लागि सानो प्लेट, सुपको लागि कचौरा, मेन कोर्सको लागि ठूलो प्लेट र डिजर्टको लागि सानो प्लेट । त्यसैले सबै खाना ठूलो डिनर प्लेटमा राखेर खानु पर्दैन । छुट्टाछुट्टै प्लेट छैन भने त्यही प्लेटमा एउटा खाना खाई सकेर अर्को खाना खान सकिन्छ ।

कस्तो परिकार पहिला खाने, कुन परिकार पछि खाने ?

बुफेमा स्टाटर, सुप, मेन कोर्स र डिजर्ट गरेर चार कोर्स खानेकुरा राखिएको हुन्छ । सबैभन्दा पहिले स्टाटर खानुपर्छ त्यसमा सलाद, अमिलो चटपटे खालको खानेकुरा खानुपर्छ । यस्ता खानाले भोक जगाउँछ । स्टाटरपछि सुप खाने र केही समयपछि मेन कोर्स खाने हो ।

मेन कोर्सको खानाका धेरै विविधता हुन्छ । त्यसमा आफूलाई मन परेको खानेकुरा छानेर खाने र अन्तिममा डिजर्ट गुलिया खानेकुरा खाने हो । खानाको अन्तिममा गुलियो खाना खाने चलन त पहिलेदेखि नै छ ।

Top Changing Nepal

युट्युब सट्स