केरलाको एक मन्दिरको सम्पती २७२० करोडभन्दा बढी नगद, २६३ किलो सुन
काठमाडौँ । भारतको केरला जिल्लाको प्रसिद्ध गुरूवायुर श्रीकृष्ण मन्दिरले आफ्नो बैंक खातामा १७०० करोडभन्दा बढी भारतीय रूपैयाँ अर्थात २७२० करोडभन्दा बढी नेपाली रूपैयाँ र २६३ किलोभन्दा बढी सुन रहेको बताएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार मन्दिर प्रशासनले आरटीआईको जवाफमा उक्त जानकारी दिएको हो । मन्दिरमा मूल्यवान ढुंगा, सिक्का र करिब २० हजार सुनको लकेट सहित २६३ दशमलव ६३७ किलो सुन रहेको मन्दिरका अधिकारीले बताएका छन्।
यसअघि मन्दिर व्यवस्थापनले सुरक्षाको कारण देखाउँदै मन्दिरको सम्पत्ति विवरण दिन अस्वीकार गरेको थियो । द हिन्दू वेबसाइटका अनुसार एक अपीलपछि आरटीआईलाई मन्दिरले जवाफ दिएको हो। जवाफ अनुसार मन्दिरमा ६ हजार ६०५ किलो चाँदी, १९ हजार ९८१ सुनको लकेट र ५ हजार ३५९ चाँदीका लकेटहरू रहेको बताइएको थियो।
यस मन्दिरको प्रमुख देवता भगवान गुरुवायुरप्पन हुन्, जसलाई बालगोपालन ९भगवान कृष्णको बाल स्वरूप० भनेर पूजा गरिन्छ । यस मन्दिरमा भगवानलाई आफ्नो तौल बराबरको वस्तु चढाउने चलन छ ।
सन् २०१९ को जुनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कमलको फूलले तौलिएको थियो। मन्दिरमा यीनै फूलले विशेष पूजा गरिएको थियो ।
मन्दिरको भित्तामा श्रीकृष्णको बालस्वरूपको चित्र कोरिएको छ ।
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

