आथिया शेट्टी र केएल राहुलले गरे बिहे
काठमाडौँ । बलिउड अभिनेता सुनिल शेट्टीकी छोरी आथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुलको बिहे भएको छ। सोमबार उनीहरूले सुनिलको खण्डलास्थित फार्महाउसमा बिहे गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनीहरूले परिवार, आफन्त, साथीभाइ र निकटका व्यक्तिहरूलाई मात्र निम्ता दिइएको बताइएको छ।
सोमबारै आथिया र राहुलले आफ्नो इन्स्टाग्राममार्फत् आफ्नो बिहेको तस्बिर सार्वजनिक गरेका छन्। उनीहरूले फोटा राख्दै लेखेका छन्, ‘आज हाम्रा प्रियजनहरूको उपस्थितिमा हामीले बिहे गरेका छौं। हामी यो यात्रामा सबैको आशीर्वादको कामना गर्छौं।’
सुनिल शेट्टीले आफ्नी छोरीको विवाहलाई गोप्य राख्ने सक्दो प्रयास गरेका थिए। आथिया र केएलको दुवै परिवारले विवाहबारे कुनै जानकारी दिएका थिएनन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनीहरूको बिहेको कुनै तस्बिर वा भिडिओ लिक नहोस् भनेर विवाहमा पाहुनालाई मोबाइल समेत बोक्न नदिने भएका थिए। आथिया र केएलले सन् २०२२ मा इन्स्टाग्राममार्फत आफूहरू प्रेम सम्बन्धमा रहेको बताएका थिए।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
