अमेरिकामा रवि लामिछानेविरुद्ध अझै छन् यी मुद्दा
काठमाडौं । रवि लामिछानेविरुद्ध अमेरिकाको मेरिल्यान्डस्थित अदालतमा तीनवटा मुद्दा चालू अवस्थामै छन् । नौ वटा मुद्दा परेकामा ६ वटाको किनारा लागिसकेको विवरणले देखाउँछ ।
चालूमध्ये एउटा ‘ओपन’ र दुइटा ‘ओपनरजजमेन्ट’ अवस्थाका छन् । तीन वटै मुद्दाको प्रकारमा ‘सीएन’ अर्थात् क्रिमिनल नन–ट्राफिक उल्लेख छ । जुन आपराधिक प्रकृतिको रहेको जानकार बताउँछन् ।
मुद्दाको विवरणमा लामिछानेको ठेगाना क्यालिफोर्नियाको पार्कभिल्ले उल्लेख छ । यी मुद्दा लामिछानेले अमेरिकी नागरिकता त्यागेको भनिएको मिति आसपासदेखि पछिसम्मका छन् ।
डिस्कोभर बैंकले सन् २०१९ जनवरी २५ मा टाउसन जिल्ला अदालतमा हालेको मुद्दा ‘ओपन’ अवस्थाको हो । रेनहर्ट फुड सर्भिस एलएलसीले रुचि आई एलएलसीलाई हालेका दुई मुद्दामा लामिछाने जोडिएको देखिन्छ ।
जुन ‘ओपनरजजमेन्ट’ अवस्थामा छन् । टाउसन जिल्ला अदालतमै सन् २०१८ जुन १९ मा दर्ता भएका यी मुद्दा कर नतिरेको विषयसँग सम्बन्धित रहेको जानकार बताउँछन् । कानुन व्यवसायीका अनुसार यी मुद्दा सन् २०३१ सम्म जारी रहन्छन् ।
स्टेट अफ मेरिल्यान्डले २०१९ फेब्रुअरी १४ मा बाल्टिमोर काउन्टी सर्किट कोर्टमा लामिछानेविरुद्ध मुद्दा हालेको थियो । त्यो मुद्दा भने मान्छे नभेटाएका कारण बन्द भएको देखिन्छ । त्यसको विषय कर नतिरेको थियो ।
स्लोमिन्स आइएनसीले टाउसन जिल्ला अदालतमा सन् २०१८ फेब्रुअरी २३ मा मुद्दा हालेको देखिन्छ । त्यो मुद्दा पनि बन्द छ । बैंक अफ अमेरिकाले २०१८ अप्रिल ३० मा टाउसन जिल्ला अदालतमा हालेको मुद्दा पनि बन्द छ ।
अमेरिकन एक्सप्रेस नेसनल बैंकले सन् २०१८ अक्टोबर १२ मा मुद्दा दायर गरेको थियो । त्यो पनि बन्द छ । स्लोमिन्स आइएनसीले नै २०२० फेब्रुअरी १९ मा बाल्टिमोर कन्ट्री सर्किट कोर्टमा हालेको मुद्दा पनि किनारा लागेको देखिन्छ ।
मिडल्यान्ड फन्डिङले सन् २०१९ जुन २५ मा टाउसन अदालतमै हालेको मुद्दा पनि बन्द देखिन्छ । सबै मुद्दामा गरी २५ देखि ३० लाख रुपैयाँ लामिछानेले तिर्नुपर्ने देखिएको जानकारको दाबी छ ।
सम्बन्धित समाचार
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
