Jankari Kendra
१४ कार्तिक २०८३, शुक्रबार

पौष १० गते एमालेले छट्‍टु काम गरेकै हो : कांग्रेस महामन्त्री थापा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, २५
पौष १० गते एमालेले छट्‍टु काम गरेकै हो : कांग्रेस महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पौष १० गते एमालेले छट्टु काम गरेको आरोप लगाएका छन्। उनले आज काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठी कार्यक्रममा पौष १० गते एमालेले छट्टु काम गरेको बताएका हुन्।

 

उनले भने, ‘पौष १० गते बिहानसम्म हामी नयाँ सरकार बनाउने तयारी थियौं तर दिउँसो एकैपटक परिदृश्य बदलियो।’

महामन्त्री थापाले त्यो दिनको कुरा कोही कसैको नलुकेको बताउँदै भने, ‘नेकपा एमालेले नेपाली कांग्रेसलाई पनि तपाईंहरु ३ बजे तयार भएर बसिराख्नुस हामी हस्ताक्षर लिएर आउछौँ भनेर भनेकै हो। अनि माओवादीलाई पनि तपाईंहरु कांग्रेसलाई छोडेर आउनुस हामी प्रधानमन्त्री बनाउछौँ भनेर भनेकै हो। र हामी पनि अहिले एकछिनमा एमाले आउछ भनेर बसेकै हौं। माओवादी साथीहरु पनि ढुक्क भएर गएकै हुन्। त्यो दिन नेकपा एमालेले छट्टु काम गरेकै हो।’

Top Changing Nepal

युट्युब सट्स