पौष १० गते एमालेले छट्टु काम गरेकै हो : कांग्रेस महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पौष १० गते एमालेले छट्टु काम गरेको आरोप लगाएका छन्। उनले आज काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठी कार्यक्रममा पौष १० गते एमालेले छट्टु काम गरेको बताएका हुन्।
उनले भने, ‘पौष १० गते बिहानसम्म हामी नयाँ सरकार बनाउने तयारी थियौं तर दिउँसो एकैपटक परिदृश्य बदलियो।’
महामन्त्री थापाले त्यो दिनको कुरा कोही कसैको नलुकेको बताउँदै भने, ‘नेकपा एमालेले नेपाली कांग्रेसलाई पनि तपाईंहरु ३ बजे तयार भएर बसिराख्नुस हामी हस्ताक्षर लिएर आउछौँ भनेर भनेकै हो। अनि माओवादीलाई पनि तपाईंहरु कांग्रेसलाई छोडेर आउनुस हामी प्रधानमन्त्री बनाउछौँ भनेर भनेकै हो। र हामी पनि अहिले एकछिनमा एमाले आउछ भनेर बसेकै हौं। माओवादी साथीहरु पनि ढुक्क भएर गएकै हुन्। त्यो दिन नेकपा एमालेले छट्टु काम गरेकै हो।’
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

