स्थानीय सरकारले बढाएको विज्ञापन कर तिरेर काम गर्न सकिदैन : अध्यक्ष राजवंशी
काठमाडौं । नेपाल कमर्शियल आर्टिष्ट संघका अध्यक्ष चन्द्रप्रकाश राजवंशीले स्थानीय सरकारले लगाएको कर तिर्न नसकिने बताएका छन् । संघ अन्तर्गतको नेपाल सटर तथा भित्तेलेखन कला समितिले आयोजना गरेको वृहत अन्रक्रिया कार्यक्रमा बोल्दै अध्यक्ष राजवंशीले कमाइभन्दा कयौँ गुणा बढी कर लगाएकाले तिर्न नसकिने बताएका हुन् ।
‘प्रति स्कायर फिट २० रुपैयाँमा काम गरेर १५० रुपैयाँ कर तिर्न सकिदैन । यसका विरुद्धमा सबै व्यवसायी एक भएर आन्दोलनमा जानु पर्छ,’ उनले भने । आफूले सरकारी कर्मचारीलाई १ लाख रुपैयाँ कमाएर १० लाख रुपैयाँ कर तिर्न सक्नु हुन्छ भन्दा सकिदैन भनेको स्मरण गराउँदै अध्यक्ष राजवंशीले यस विषयमा स्थानीय सरकारलाई बुझाउन आवश्यक रहेको धारणा व्यक्त गरे । राज्यले यो पेशामा लागेकाहरुलाई पेशाबाट पलायन बनाउन खोजेको उनको आरोप थियो ।
सबै व्यवसायीहरु संगठित भएर यस्ता व्यवसायीलाई समस्या पार्ने नियमका विरुद्धमा आन्दोलन गर्नु पर्ने उनको भनाइ छ । एकजुट हुन नसकेको अस्थामा यस्ता विविध विषयमा कडा रुपमा प्रस्तुत हुन नसकिने भएकाले सबै एकजुट हुन आवश्यक रहेको उनले बताए ।
त्यस्तै संघका सल्लाकार दिलिप कुमार राईले जनप्रतिनिधि, कर्मचारी र एजेण्डका कारण समस्या आएको बताए । यो मालिक र श्रमिक दुवैको संस्था भएकाले यसले सबैको हकहितका लागि काम गर्ने धारणा व्यक्त गरे । विचौलियाले कर बढाएको भन्दै यसमा कर्मचारी र विचौलियाका हात हुन सक्ने बताए । स्थानीय सरकारले आवश्यकता अनुसार आफ्नो परिधि भित्र आफैले कानुन बनाएर कार्यान्वय गर्न सक्ने भएकाले स्थानीय सरकारले बनाउने कानुनका विषयमा जानकारी लिनु पर्ने बताए ।
‘व्यवसायीहरुले प्रविधिमा पनि पहुँच कायम गर्नु पर्ने उनको भनाइ थियो । अहिलेको बजारको अवस्था अनुसार यो क्षेत्रको ज्याला बढेको छैन । तर कर भने बढाइएको छ । यसले व्यवसायीहरु मर्कामा परेका छन्,’ उनले भने ।
त्यस्तै व्यवसायी धर्मराज थापाले कर बढाएर राज्यल हाम्रो काम खोसेको आरोप लगाए । स्थानीय सरकारले रोजगार दिनुको साटो उल्टो रोजगारी खोस्ने काम गरेको उनको दाबी थियो । अर्को तर्फ व्यवसायी बीचको अस्वस्थ प्रतिस्पर्धा भएकाले पनि समस्या भएको उनको भनाइ छ । त्यस्तै अर्का व्यवसायी राम रेग्मीले अहिले व्यवसाय बन्द गर्नु परेको र रोजगारीमा जोडिएकाहरु पनि वेरोजगार बनेको बताए । यो पेसामा रहेकाहरु अहिले विदेश पलायन भइरहेको उनको भनाइ थियो ।
कार्यक्रममा डिजिटल बोर्ड एसोसिएसनका अध्यक्ष महोन कार्कीले समस्या समाधानका लागि सबै एक जुट हुनु पर्ने धारणा व्यक्त गरे । ‘एकतामा नै बल हुन्छ सबै एक भएको खण्डमा समस्या समाधान गर्न सकिन्छ,’ उनले भने । कार्यक्रममा करिब ७० जनाको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
