Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

कैलालीमा ट्याक्टरको ठक्करबाट १८ महिने बालकले गुमाए ज्यान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, ३०
कैलालीमा ट्याक्टरको ठक्करबाट १८ महिने बालकले गुमाए ज्यान

धनगढी । कैलालीमा ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु भएको छ । सोमबार साँझ जिल्लाको टीकापुर नगरपालिका–१ को ब्लक नम्बर ७ मा सुदूरपश्चिम प्रदेश ०१–००२ त ६४८४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा बालकको ज्यान गएको हो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार चालक टीकापुर नगरपालिका–२ बस्ने ४५ वर्षीय पर्शुराम चौधरीले स्थानीय अलीआस अन्सारीको घरबाट ट्याक्टर निकाल्ने क्रममा बालकलाई ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका तनबिर अन्सारीका १८ महिने छोरा हरिशको मृत्यु भएको हो । बालकको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो । चालक र ट्रयाक्टरलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको छ ।

Top Changing Nepal

युट्युब सट्स