• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ असार २०८३, मङ्गलबार
१६ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • ९ घण्टा 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
  • ९ घण्टा 

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी
  • ९ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?
  • १० घण्टा 

एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन
  • १० घण्टा 

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत
  • १२ घण्टा 

फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार
  • १२ घण्टा 

सलमान खान ५२ बर्ष पछि समुन्द्र किनारको नयाँ घरमा सर्दै
  • १२ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • २. काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

  • ३. जापानको विश्वकप यात्रा रोक्दै ब्राजिल अन्तिम १६ मा प्रवेश

  • ४. नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

  • ५. २०८३ असार १७ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

  • ७. आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस

  • ८. ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

  • ९. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • १०. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

उपराष्ट्रपति पाउनै पर्ने जनमत पार्टीको अडान, फुट्ला गठबन्धन ?

जानकारी केन्द्र २०७९, फाल्गुन, ३०

बीबीसी । उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी जनता समाजवादी पार्टी (जसपा) की प्रमीलाकुमारी यादवले आफ्नै दलका उम्मेदवार राम सहाय प्रसाद यादवलाई समर्थन गरेकी छन् । उम्मेदवारी फिर्ता लिने समय सकिएपछि उनले वक्तव्य जारी गर्दै त्यस्तो घोषणा गरेकी हुन् ।

तर सत्ता पक्षीय गठबन्धनबाट अर्की उम्मेदवार पनि छन् जनमत पार्टीकी ममता झा । जनमत पार्टीका अध्यक्ष सीके राउतले समय अझैँ बाँकी रहेको र कुरा मिल्नेमा आफू आशावादी रहेको बताए ।

राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय हुँदा उपराष्ट्रपति जसपालाई दिने सहमति भएको बताइन्छ । तर उनले त्यसमा आफूहरू नरहेको र केही दल बसेर गर्ने निर्णयलाई गठबन्धनको तर्फबाट स्वामित्व लिन नसकिने दाबी गरे ।

‘गठबन्धनबाट बाहिरिनुपर्छ’
सत्ता पक्षीय गठबन्धनमा जसपा तेस्रो ठूलो दल हो । त्यसैले उसको दाबी स्वाभाविक रहेको कतिपय बताउँछन् । तर जनमत पार्टीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको बताउँदै प्रतिनिधिसभामा जसपा भन्दा आकारमा ठूलो रहेको तर्क गरेको छ ।

जसपाका नेता प्रदीपकुमार यादवले भने राष्ट्रिय सभाका सदस्य समेत जोड्दा सङ्घीय संसद्‌मा तीन वटा पार्टी मिल्दा पनि आफ्नो दल ठूलो रहेको बताए । उनका अनुसार मङ्गलवार गठबन्धनको बैठक बस्ने राम सहाय यादव साझा उम्मेदवार हुने कुरा प्रस्ट पार्ने छ ।

“राम सहाय यादव नै गठबन्धनबाट उम्मेदवार कायम रहनुहुन्छ, अरूले फिर्ता लिनुहुन्छ, नलिएमा उहाँहरू गठबन्धनबाट बाहिर जानुहुन्छ”, नेता प्रदीपकुमार यादवले भने ।

उनले उम्मेदवारी दिने जनमत पार्टी र उसलाई समर्थन गरेका लोसपा र नागरिक उन्मुक्ति पार्टीतर्फ सङ्केत गरेका हुन् । गठबन्धनमा पनि बस्ने र आफू खुसी उम्मेदवारी दिने कुरा मान्य नहुने उनको तर्क छ ।

टुट्ला गठबन्धन ?
यादवले भने, “गठबन्धनको चास्नी पनि खाने, तर पनि खाने अनि उम्मेदवारी पनि दिने हुँदैन, दोहोरो चरित्र चल्दैन ।” सत्ता पक्षीय नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरू जसपाको उम्मेदवारको प्रस्तावक र समर्थक नै बसेका छन् ।

“चुनाव जित्नका निम्ति मात्रै होइन, सैद्धान्तिक कुरा पनि हो । दुई तीन वटा पार्टी बसेर हरेक निर्णय छुट्टै गर्ने र हामीले १० दलीय गठबन्धन मानिदिनु पर्ने भन्ने हुँदैन”, जनमत पार्टीका अध्यक्ष राउतले भने ।

त्यस्तो अवस्थामा त गठबन्धन भत्किएला नि ?
उनले जबाफ दिए, “गठबन्धनमा हामी निर्णय सुन्नका निम्ति मात्रै त होइनौँ नि । छलफल भएर निर्णय हुनुपर्‍यो ।” तर जनमत पार्टी सहमति हुन नसके पनि गठबन्धन जोगाउँदै मित्रवत् प्रतिस्पर्धामा जाने पक्षमा देखिन्छ ।

ठूला दल जसपाको पक्षमा ?
जसपा नेता यादवका भनाइमा सुरुमा सहमति हुँदा पाँच दल मात्रै थिए जनमत लगायतका दल त्यसमा थिएनन्, उनीहरू पछि मिसिएका हुन् । त्यस बेलाको गठबन्धनले आफ्नो दललाई उपराष्ट्रपति दिने निर्णय गरेको तर अहिले जनमत पार्टी लगायतले ‘टन्टा’ गरिरहेको उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि पहिले जसपाको प्रस्तावलाई मान्ने भन्ने खालको समझदारी भएको बताए । राष्ट्रपति र उपराष्ट्रपति सत्ता पक्ष वा विपक्षको पद भएको उल्लेख गर्दै उनले भने, “यही विषयलाई लिएर त गठबन्धन यता उता नहोला । सकेसम्म सहमति नभए मैत्रीपूर्ण प्रतिस्पर्धा त भइरहन सक्ने कुरा भयो ।”

गठबन्धन भत्कियो भने पनि सरकारलाई तत्काल कुनै असर पर्ने देखिन्न । तर त्यसको राजनीतिक असर र प्रभाव भने सरकारको विपक्षमा जाने कतिपयको बुझाइ छ । आगामी दिनमा गठबन्धनभित्र आउन सक्ने खटपट र सम्भावित नयाँ समीकरणलाई त्यसले प्रेरित गर्ने वा टेवा पुर्‍याउन सक्ने ठानिन्छ । नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी

ताजा

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.