निवर्तमान राष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउने, चितवन–२ को उपनिर्वाचन लड्न एमाले नेताहरुको आग्रह
काठमाडौं । आजबाट दुई कार्यकाल सम्पन्न गरेर राष्ट्रपतिबाट विदा भएकी विद्यादेवी भण्डारी पूनः सक्रिय राजनीतिमा प्रवेश गर्ने चर्चा छ । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त गरेर विदा भएसँगै सक्रिय राजनीतिमा आउने चर्चा बढेको छ ।
खासगरी एमाले नेताहरुले नै भण्डारीलाई सक्रिय राजनीतिमा आउन आग्रह गरेका छन् । राष्ट्रपतिको भूमिका रहँदापनि भण्डारीले एमालेमा एउटा शक्तिशाली गुटको नेतृत्व गरेको आरोप थियो । अध्यक्ष केपी शर्मा ओलीले नै भण्डारीलाई पूनः पार्टीमा सक्रिय हुन आग्रह गरिसकेको स्रोतको दाबी छ ।
एमालेले भण्डारीलाई वरिष्ठ उपाध्यक्ष बनाउनेगरि गृहकार्य थालेको छ । यसको लागि भण्डारीले भने अहिलेसम्म कुनै ठोस जवाफ नदिएको बुझिएको छ । कतिपयले भने उनलाई एमालेको राजनीतिमा सक्रिय हुँदै संसद्को यही कार्यकालको लागि यात्रा तय गर्न र मुलुककै पहिलो महिला प्रधानमन्त्री बन्न पनि सुझाव दिएका छन् ।
नेपालको पहिलो महिला राष्ट्रपति बनेर किर्तीमानी कायम गरेकी भण्डारीलाई एमाले नेताहरुले अब मुलुककै पहिलो महिला प्रधानमन्त्री बनाउनेगरि गृहकार्य थालेका छन् । कतिपयले त उनलाई आगामी बैशाख २ गते चितवन–२ मा हुने उपनिर्वाचनमा भाग लिन पनि प्रस्ताव गरेको बुझिएको छ । खासगरी एमालेका महिला नेतृहरुले पनि भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा सहभागी हुन जोड गरेका छन् ।
आज कार्यकाल समापनसँगै शितलनिवासबाट विदा भएर बालुवाटारस्थित् आफ्नी जेठी छोरी उषाकला भण्डारीको भाडाको घरमा सरेकी भण्डारीले भोलिबाट राजनीतिक भेटवार्ता गर्ने बताईएको छ । आजै उनको डेरामा पार्टीका नेता तथा कार्यकर्ताहरुको ठूलो पँक्ति स्वागतको लागि पुगेको थियो ।
उनी सक्रिय राजनीतिमा आउँछिन कि आउँदिनन् भन्ने कुरा भोलिको दिनले प्रष्ट नै पार्ला । तर, उनलाई सक्रिय राजनीतिमा आउन भने एमालेको ठूलो पँक्तिले दबाब सिर्जना गरेको साँचो हो । कतिपय नेताहरुले भने सार्वजनिक रुपमै भण्डारी सक्रिय राजनीतिमा आउने दाबी गरिरहेका छन् ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
