नेपाली क्रिकेट टिमलाई शुभकामना दिँदै ओलीले भने – म तपाईंहरूको साथमा छु
काठमाडौँ । आइसीसी विश्वकप लिग २ त्रिकोणात्कम एक दिवसीय सिरिजअन्तर्गत यूएईसँग आज भइरहेको खेलमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई शुभकामना दिएका छन् । खेल सुरु हुनुअघि सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउनेमा विश्वास व्यक्त गरे ।
‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना, राष्ट्र तपाईंहरुको साथमा छ, म तपाईंहरुको साथमा छु,’ उनले भनेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गरेपछि नेपालले फिल्डिङ गरिरहेको छ । ललित राजवंशीले आफ्नो दोस्रो ओभरको पाँचौं बलमा ओपनर आयन लाक्रालाई ६ रन बनाउँदा आउट गरेका छन्। अहिले क्रिजमा कप्तान मोहम्मद वसिम २७ र वृत्या अरविन्द ५ रन बनाउँदै क्रिजमा नटआउट छन् ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
