• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ असार २०८३, मङ्गलबार
२३ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा
  • १० घण्टा 

बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
  • ११ घण्टा 

जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर
  • १२ घण्टा 

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच रणनीतिक साझेदारी
  • १३ घण्टा 

लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय
  • १३ घण्टा 

मध्यपूर्वमा तनाव चर्किदा तेल बजारमा उछाल, दुई दिनमै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि
  • १५ घण्टा 

पेलेको किर्तिमान तोडेका नेयमार थिए, रोनाल्डो र मेस्सी भन्दा महंगा खेलाडी
  • १५ घण्टा 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै
  • १५ घण्टा 

वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • २. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • ३. २०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

  • ६. २०८३ असार २३ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

  • ८. लायन्स क्लब अफ काठमाडौं समर्पणद्वारा रक्तदान तथा सामाजिक सेवासहित लायन्स वर्ष २०२६–२७ को शुभारम्भ

  • ९. वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो

  • १०. देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

पाँचखालको तरकारीमा विषादी अवशेष घट्यो : प्रतिवेदन

जानकारी केन्द्र २०७९, चैत्र, १४

काभ्रेपलाञ्चोक। पाँचखाल नगरमा उत्पादन हुने तरकारीमा विषादीको अवशेष घटेको पाइएको छ । नगरलाई विषादी मुक्त बनाउँदै कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले पाँचखाल नगरपालिका र लवग्रीन नेपालले पाँच वर्षअघि सुरु गरेको वातावरणमैत्री एकीकृत दिगो कृषि विकास परियोजना  आइपीएम ले कीटनाशक तथा ढुसीनाशक विषादी प्रयोग कमी आएको तथ्याङ्क सार्वजनिक गरेका छन् ।

पाँचखालको विभिन्न मितिमा विभिन्न प्रकारका तरकारी परीक्षणसम्बन्धी आधारभूत सर्वेक्षण र अन्तिम सर्वेक्षणको परिणामबाट विषादीको प्रयोग कम गरी जैविक विषादीको प्रयोग धेरै हुन थालेको जनाइएको हो । खाद्य प्रविधि प्रयोगशालामा विषादीको ४५ प्यारामिटरमा विश्लेषण गर्दा विषादीको रुकावट इमिसन रेट ८५ प्रतिशत नमूनामा विषादीको कुनै पनि अवशेष नपाइएको र १५ प्रतिशतमा तोकिएको मापदण्डभन्दा निकै कम प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

लव ग्रीन नेपालका कार्यकारी निर्देशक नारायण ज्ञवालीका अनुसार २०७९ वैशाख २ गते आलु, बकुल्ला, रायो साग, बन्दा, गाँजर, रातो बन्दा, गोलभेँडा, मुला, भेडे खुर्सानीको परीक्षण गरेको थियो भने २०७९ जेठ ११ गते धनियाँ, काउली, रातो बन्दा, मुला, रायो, ब्रोकाउलीमा प्रयोग भएको विषादी परीक्षण गरिएको थियो । परीक्षण गरिएको २० प्रकारका तरकारीमा बोडीमा अलिक धेरै विषादीको प्रयोग गरेको देखिए पनि ३५ प्रतिशतभन्दा कम भएकाले खानयोग्य भएको प्रमाणपत्र उपलब्ध गराइएको थियो ।

कृषि विभाग केन्द्रीय कृषि प्रयोगशाला, कृषि ज्ञान केन्द्र प्रयोगशाला, खाद्य प्रविधि प्रयोगशालाले विषादीको मात्र ३५ प्रतिशतसम्म भए खान योग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही समय राखेर खान हुने र ४५ प्रतिशतभन्दा माथि भएमा खान अयोग्य हुने प्रमाणित गर्ने गरेको छ । सोमबार पाँचखालमा सार्वजनिक गरिएको प्रतिवेदनमा २०७४ भदौबाट परियोजनाको पाँच वर्षको अवधिमा कीटनाशक विषादी, ढुसीनाशक विषादी, रासायनिक मल, फस्फोरस र पोटासलगायतको प्रयोग उल्लेख्यरूपमा घटेको देखाएको हो ।

परीक्षणको प्रतिवेदअनुसार पाँचखालमा उत्पादन भएका अधिकांश तरकारीमा प्रयोग भएको विषादीको मात्र दुईदेखि १९ प्रतिशतसम्म रहेको छ । बन्दामा दुई दशमलव पाँच र लोकल बोडीमा १८ प्रतिशत अर्गानोफस्फेट प्रयोग गरिएको छ । तुने बोडीमा २७ दशमलव पाँच प्रतिशत देखिएको हो ।

पाँच वर्षका अवधिमा कृषकले औषत प्रतिरोपनी वार्षिक ८६ एमएल कीटनाशक विषादी प्रयोग गर्ने गरेकामा अहिले छ दशमलव पाँच एमएलमात्रै प्रयोग गर्ने गरेका छन् भने ढुसीनाशक विषादी औषत प्रतिरोपनी वार्षिक एक दशमलव ०८ केजी प्रयोग गर्ने गरेकामा शून्य दशमलव दुई सय २३ केजी प्रयोग गर्न थालेका छन् । जसका कारण तरकारी बालीमा प्रयोग हुने विषादीको प्रयोग घटेको हो । कीरा नियन्त्रण गर्नका लागि कृषकले मोहनी तथा पहेँलो पासोको प्रयोगलाई बढवा दिएका छन् । सर्वेक्षित क्षेत्रका ८४ दशमलव एक प्रतिशत घरपरिवारले यसको प्रयोग गर्ने गरेका छन्, जुन परियोजना सञ्चालन गर्नुभन्दा पहिले चार प्रतिशतले मात्र गर्ने गरेका थिए ।

विषादीको विकल्पमा परियोजनाले कृषकहरुले पशु मूत्रको प्रयोगमा उल्लेख्य वृद्धि गरी विगतमा एक रोपनी जग्गामा औसत एक दशमलव पाँच लिटर प्रयोग हुने गरेकामा अहिले ३३ दशमलव एक लिटर पशु मूत्र प्रयोग गर्ने गरेका छन् । परियोजना लागू भएका कुनै पनि घरधुरीले रातो लेबलको विषादी प्रयोग गर्दैनन्, तर अन्तिम अवस्थामा बाली जोगाउन प्रयोग गर्नुपर्ने अवस्था आएमा निलो र हरियो लेबलको विषादीलाई प्रयोग गरेका छन् ।

जैविक विषादीको प्रयोग सुरुमा दुई दशमलव पाँच प्रतिशत घरधुरीले प्रयोग गर्ने गरेकामा अहिले ७० दशमलव चार प्रतिशतले प्रयोग गर्ने गरेका छन् । औसत एक घरधुरीले वार्षिक तीन सय १५ लिटरभन्दा बढी वानस्पतिक विषादीको प्रयोग गर्ने गरेको तथ्याङ्कले देखाएका हुन् ।

त्यस्तै कृषकले पशु चौपाया  गाई–भैँसी लाई सुविधायुक्त बसोबासका लागि भकारो सुधार र पशुपालन व्यवस्थापन गरेका छन् । पहिले २९ घरधुरीले भकारो सुधार गरेकामा हाल एक सय ९१ घरधुरीले भकारो सुधार गरी पशुहरूलाई रोग लाग्नबाट जोगाई मृत्युदरमा कम गरेका छन् । वार्षिक औसत तीन दशमलव नौ बाट झरेर एक दशमलव तीन पशु चौपायाको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । पशुपालनमा वृद्धि भई पहिला प्रतिघरधुरी एक दशलमव सात पशु चौपायाबाट बढेर दुई र बाख्रामा चार दशमलव तीन प्रतिघरधुरीबाट बढेर ११ दशमलव सातवटा पाल्ने गरेका छन् ।

पाँचखाल नगरप्रमुख महेश खरेलले तरकारी परीक्षणबाट आएको रिपोर्टले यहाँ उत्पादन भएको तरकारी खानयोग्य भएको बताउनुभयो । उहाँले सार्वजनिक गरिएको प्रतिवेदले वर्षौँदेखि ‘पाँचखालको तरकारी खान अयोग्य’ भनिने कथनलाई उल्ट्याइदिएको बताउनुभयो । उहाँका अनुसार तरकारीमा विषादी प्रयोग कम भएसँगै बजार विस्तारका लागि सहज बनाउन कृषकहरूले कालीमाटी तरकारी बजारको मूल्य बिहानै मोबाइलमार्फत थाहा पाउन थालेका छन् ।

परियोजनाअन्तर्गत नगरका एक सय ९१ महिलासहित तीन सय कृषकलाई नमूना अगुवा कृषक, तीन सय ६२ लाई आइपिएम कृषक, दुई सय ४१ लाई साधारण आइपिएम कृषक र पशुपालन तथा अन्य चार सय २४ कृषक गरी कुल एक हजार तीन सय ३७ कृषक प्रत्यक्ष लाभग्राही बनाइएको थियो । यस्तै माध्यमिकस्तरका पाँच हजार दुई विद्यार्थीलाई विद्यालयमै रासायनिक मल तथा विषादीको असर र त्यसको न्यूनीकरणका उपाय र दिगो कृषिको अवधारणाका बारेमा कक्षा सञ्चालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन
तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान

ताजा

शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा

बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच रणनीतिक साझेदारी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.