प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा जेल परेका ३ जना रिहा
जानकारी केन्द्र
२०७९, चैत्र, १४
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परेका तीन जना मंगलबार रिहा भएका छन् । डिल्ली बजार कारागारमा जेल चलान भएका उनीहरु आज ५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए ।
सोमबार बागलुङ घर भएका सोनु शर्मा, बझाङका विप्लव खड्का र सोलुखुम्बुका उद्धव बस्नेतलाई डिल्लीबजार कारागार चलान गरिएको थियो ।
७ चैतमा काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।
उनिहरुलाई पक्राउ गरीएको बिषयमा सडकदेखि संसदसम्म सरकारको चर्को आलोचना हुँदै आएको छ ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण

