दीपक र राजपुराले जिते ‘लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता’को उपाधि
काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको हाफ म्याराथनमा पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले जितेका छन् ।
अधिकारीले २१ किलोमिटरको दुरी १ घन्टा ६ मिनेट २ सेकेन्डमा पुरा गरेका थिए । उनले १ लाख ५० हजार रुपैयाँ नगद पाए ।
एपीएफका गोपीचन्द्र पार्की १ घण्टा ६ मिनेट ४६ सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो भए । त्रिभुवन आर्मीका मुकेश पाल तेस्रो र त्रिभुवन आर्मीकै नरेन्द्र रावल चौथो भए ।
यस्तै महिलातर्फ नेपाल प्रहरीकी राजपुरा पछाई पहिलो भइन् । उनले १ घन्टा २४ मिनेट २ सेकेन्डमा पूरा गरेर पहिलो भइन् । उनले १ लाख ५१ हजार रुपैयाँ नगद पाइन् ।
एपीएफकी विन्द्रा धान्के दोस्रो, नेपाल प्रहरीकी रेखा विष्ट तेस्रो र त्रिभुवन आर्मीकी पूर्णलक्ष्मी चौथो भए । महिला र पुरुष दुवै विधामा दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार र चौथोले ३० हजार नगद पुरस्कार पाए ।
२ हजार ५ सय खेलाडीले भाग लिएको म्याराथन दौडको उदघाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।
सम्बन्धित समाचार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
२०८३ असोज २४ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
