• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ असार २०८३, सोमबार
०८ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
  • ६ घण्टा 

किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु
  • ८ घण्टा 

अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति
  • ८ घण्टा 

एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा
  • ९ घण्टा 

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी
  • १० घण्टा 

गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द
  • ११ घण्टा 

नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास
  • ११ घण्टा 

सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
  • ११ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

  • २. नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास

  • ३. राष्ट्र बैंकद्वारा नयाँ विनिमयदर सार्वजनिक, अमेरिकी डलर र युरोको भाउमा सामान्य गिरावट

  • ४. रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह

  • ५. टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

  • ६. धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड

  • ७. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ८. इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

  • ९. गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द

  • १०. सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु

के बालेनलाई सङ्घीय सरकारले कारबाही गर्न सक्छ ?

जानकारी केन्द्र २०८०, बैशाख, ३

बीबीसी । सङ्घीय सरकारबाट असहयोग भएको भन्दै सिंहदरबारबाट फोहोर उठाउन नदिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई मन्त्रिपरिषद्ले ‘नीति पालना गर्न लगाउन’ ध्यानाकर्षण गराउने निर्णय गरेपछि तीन तहका सरकारको क्षेत्राधिकार र स्वायत्तताका सीमा बारे प्रश्न उठेको छ ।

नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय सरकारहरूलाई स्वतन्त्र हैसियत दिएको संविधानविद्हरू बताउँछन् । संविधानविद् पूर्णमान शाक्यले तीन तहका सरकारहरू प्रतिस्पर्धा गर्ने नभई मिलेर काम गर्नुपर्ने नेपालको संविधानको परिकल्पना रहेकाले सरकारहरूबीच तिक्तता बढ्दा विकास निर्माण र सेवा प्रवाहहरू प्रभावित हुन सक्ने ठान्छन् ।

“स्थानीय सरकारलाई सङ्घीय सरकारले आफ्नो मातहतको निकाय जसरी व्यवहार गर्न मिल्दैन,” शाक्यले भने । “तर तिक्तता बढ्दा सङ्घीय सरकारबाट जाने अनुदान, राज्य चलाउन चाहिने अन्य कुरामा सङ्घीय सरकारले असहयोगको नीति लिन सक्छ ।”

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले तीनवटै तहका सरकारले “संविधानअनुसार दिइएको जिम्मा पूरा नभएमा एकअर्कालाई उनीहरूका क्षेत्राधिकार बारे स्मरण गराउन सक्ने” बताउँछन् ।

“एकले अर्कालाई प्रोत्साहन र समन्वय गर्ने हिसाबले काम गर्नु सङ्घीयताको मर्मअनुसार हुन्छ,” आयोगका अध्यक्ष पौडेल भन्छन् । “अरू हिसाबले जाँदा सम्बन्धहरू परिभाषित हुने क्रममा असजिलो बाटो पनि लिन सक्छ ।”

प्रदेशभन्दा स्थानीय सरकार शक्तिशाली
नेपालको संविधानको धारा २३२ को उपधारा ३ मा “कुनै प्रदेशमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा स्वाधीनतामा गम्भीर असर पर्ने किसिमको कार्य भएमा राष्ट्रपतिले त्यस्तो प्रदेश मन्त्रिपरिषद्लाई आवश्यकताअनुसार सचेत गराउन, प्रदेश मन्त्रिपरिषद् र प्रदेश सभालाई बढीमा छ महिनासम्म निलम्बन गर्न वा विघटन गर्न सक्ने” व्यवस्था गरेको छ ।

त्यस्तो अवधिभर वा प्रदेश सभाको निर्वाचन नभएसम्मका लागि त्यस्तो प्रदेशमा सङ्घीय शासन कायम रहनेछ । तर स्थानीय सरकारलाई कुनै पनि कारण देखाएर सङ्घीय सरकारले नियन्त्रण गर्ने वा तिनका प्रमुख, उपप्रमुख र कार्यपालिका सदस्यहरूलाई “कुनै पनि अवस्थामा विघटन गर्न पाउने व्यवस्था नराखिएको” संविधानविद् पूर्णमान शाक्यले बताउँछन् ।

“स्थानीय सरकारको पाँच वर्षको निश्चित कार्यकाल हुन्छ । उनीहरू जनताबाट निर्वाचित भई उनीहरूप्रति उत्तरदायी हुन्छन्,” शाक्य भन्छन् ।

बालेनले उठाएको बहस
मन्त्रिपरिषद्को निर्णयको लिखित बेहोरा सार्वजनिक भइसकेको छैन। तर उसले बालेनलाई सचेत गराउने निर्णय कुन कानुनमा टेकेर गरेको भन्ने स्पष्ट नभएको कानुनविद्हरू बताउँछन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माले निर्णयबारे पत्रकारहरूसँग कुरा गर्दै बालेनले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने भनेर गरेको घोषणालाई “गम्भीर” बताएकी थिइन् ।

“काठमाडौं भित्रको फोहोर स्थानीय तहले उठाउने भन्ने नीतिगत व्यवस्था हो, त्यो नीतिगत व्यवस्थामा कुनै परिवर्तन भएको छैन,” उनले भनिन् । “त्यो नीतिगत व्यवस्था अनुसार यसलाई व्यवस्थापन गर्न छलफल गर्ने र त्यसो हुँदा पनि भएन भने यो नीति पालना गर्नका लागि सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने भन्ने विषयमा गम्भीर ढङ्गबाट छलफल भएको छ ।”

यदि महानगर प्रमुखले घरहरूको फोहोर नउठाउने भनेको भए उनीविरुद्ध नागरिक तथा उपभोक्ता अधिकार सम्बन्धी कानुनहरू आकर्षित हुन्थे । यद्यपि सिंहदरबारलाई चुनौती दिने उनको कदमविरुद्ध कुनै कानुनी उपचार नभएको पूर्णमान शाक्य बताउँछन् ।

आफूले प्रयास गर्दा समेत सङ्घीय सरकारबाट सहयोग नपाएको जनाउँदै उनले सामाजिक सञ्जालमार्फत् त्यसविरुद्ध सिंहदरबारबाट फोहोर नउठाउने घोषणा गरेका थिए । तर एउटा तहको सरकारको प्रमुख भएर उनले त्यसो गर्न मिल्ने नमिल्ने बारे प्रश्नहरू उठेका छन् ।

सङ्घको दायित्व कति ?
संविधानविद् शाक्यका अनुसार स्थानीय सरकारलाई उसको कार्यसम्पादनमा सहयोग आवश्यक पर्ने हरेक ठाउँमा सघाउनु सङ्घको दायित्व हुन्छ । काठमाडौं महानगरको विषयमा फोहोर उठाउने र त्यसलाई व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारको भए पनि डम्पिङसाइट उक्त स्थानीय निकायभन्दा बाहिर रहँदा बारम्बार फोहोर व्यवस्थापनमा समस्या उत्पन्न हुँदै आएको छ ।

“यस्तो अवस्थामा जग्गा अधिग्रहण गर्ने, त्यसलाई विकास गर्ने, त्यसलाई काम गर्ने गराउने र त्यहाँसम्म फोहोरमैला ढुवानी गर्ने ट्रकहरूको सुरक्षाको सुनिश्चितता गर्ने जस्ता कुराहरूको दायित्व सङ्घीय सरकारलाई जान्छ,” संविधानविद् शाक्य भन्छन् ।

“सङ्घीय सरकारले यसरी काम गरेन भने हाम्रो स्थानीय सरकारले काम गर्न सक्दैन । सङ्घले धम्क्याउन, तर्साउन वा विघटन गर्न त पाउँदैन नै, सहयोग गर्नैपर्छ । स्थानीय सरकारले समेत सहयोग लिने वातावरण बनाउने कुरालाई आफ्नो दायित्व सम्झनुपर्छ ।”

विवाद हुँदा के गर्ने ?
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष पौडेलले काम गर्दा वा छलफलकै क्रममा समस्या आउँदा त्यसलाई निरूपण गर्न संविधान र सङ्घीय कानुनले परिकल्पना गरेका संरचनाहरूलाई चलायमान गराउनु पर्ने बताउँछन् ।

संविधानले अन्तरप्रदेश समन्वय परिषद्को गठन गरेको छ भने अन्तरसरकार सम्बन्ध परिभाषित गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को समेत व्यवस्था गरिएको छ ।

“यी मञ्च र व्यवस्थाबाट निकास खोज्नु राम्रो हुन्छ । काममा समन्वय नगर्ने हो भने एकले अर्कालाई दोषी देखाउने र जिम्मेवारीबाट पन्छिने सिलसिला सुरु हुनसक्छ,” पौडेल भन्छन् । “यदि सङ्घले प्रदेश र स्थानीय सरकारहरूलाई कुनै काम गर्न प्रोत्साहन गर्ने हो भने त्यसका मानकहरू र राष्ट्रिय नीतिहरू बनाउनुपर्छ ।”

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति
एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

ताजा

सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने

किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु

अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति

एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.