• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ असार २०८३, शनिबार
०६ असार २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अब ९६ बर्ष इतिहासमा मेस्सीले बनाउने किर्तिमान सक्दैन् कसैले तोडन
  • ६ घण्टा 

लिच्ची धेरै खाँदा बढनेछ मोटोपना, बिग्रन सक्छ पाचन प्रणाली
  • ७ घण्टा 

अमेरिकाले विश्वकप जीतेमा सवारी कम्पनि जीपले १०० गाडी निःशुल्क उपहार दिने
  • ८ घण्टा 

पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना
  • ८ घण्टा 

२०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ९ घण्टा 

तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान
  • १ दिन 

इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ
  • १ दिन 

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म
  • १ दिन 

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित
  • १ दिन 

लोकप्रिय समाचार

  • १. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • २. सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ५. परराष्ट्र मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन प्रस्थान

  • ६. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ७. सुनको मुल्यमा लगातार वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ८. शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

  • ९. राष्ट्र बैंकद्वारा नयाँ विनिमयदर सार्वजनिक, अमेरिकी डलर र युरोको भाउमा सामान्य गिरावट

  • १०. नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न

५० औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै नेपाल, सन्दीपलाई कीर्तिमान बनाउने अवसर

जानकारी केन्द्र २०८०, बैशाख, ८

काठमाडौं । नेपालले आज शुक्रबार एसिसी प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दै छ । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा मलेसियालाई पराजित गरेको थियो । ओमानविरुद्ध मैदान उत्रिएसँगै नेपालले आफ्नो ५० औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल पूरा गर्ने छ । खेल बिहान ९ बजे टियु मैदानमा सुरु हुने छ ।

नेपालले सन् २०१८ को मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको थियो । त्यसपछि ०१८ को अगष्ट १ मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेको थियो । त्यसयता नेपालले ४९ खेल पूरा गरेको छ । ४९ ओडिआईमा नेपालको २६ मा जित, २१ मा हार, एक मा बराबरी र एक खेल नतिजाबिहीन खेलेको छ ।

नेपालले युएईसँग १३, पपुवा न्युगिनीसँग १०, ओमान, नामिबिया, स्कटल्यान्ड र अमेरिकासँग समान ६ ओडिआई खेल खेलेको छ । नेदरल्यान्ड्ससँग दुई ओडिआई खेल खेलेको छ । नेपालले हालसम्म कुल ७ देशसँग ओडिआई खेल खेलेको छ । नेपालले आफ्ना अधिकांस खेल आइसिसी विश्वकप लिग–२ मा खेलेको छ ।

जहाँ ३६ खेल खेलेको नेपालले विश्वकप छनोटमा शीर्ष तीनमा रहेर स्थान बनाइसकेको छ । ४९ ओडिआई खेल्दा नेपालबाट ४ खेलाडीले कप्तानको भूमिका निभाइसकेका छन् । जसमा पारस खड्काले ६, ज्ञानेन्द्र मल्लले १०, सन्दीप लामिछानेले १४ र रोहित पौडेलले १९ ओडिआई खेलमा कप्तानी गरेका छन् ।

घरेलु मैदानमा जारी सिरिजमा नेपाल समूह चरणमा ओमान, कतार, मलेसिया र साउदीसँग प्रतिस्पर्धा गर्ने छ । नेपालको समूहमा ओमान र नेपाल सेमिफाइनलका मुख्य दाबेदार हुन् । समूह बीमा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

प्रतियोगिताको उपाधि जित्ने टिमले एसिया कप खेल्ने छ । एसिया कपमा समूह ए मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता टोली हुने छन् । समूह बी मा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन् । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।

सन्दीपलाई कीर्तिमानको अवसर
नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले एसिसी प्रिमियर कपमा आजको खेलमा ओमानविरुद्ध एक विकेट लिएमा ओडिआई क्रिकेट इतिहासमा दुर्लभ कीर्तिमान बनाउने छन् । उनले एक विकेट लिएमा ओडिआई इतिहासकै सर्वाधिक छिटो एक सय विकेट लिने खेलाडीको विश्व कीर्तिमान आफ्नो नाममा बनाउने छन् । सन्दीपले ४१ खेलमा ९९ विकेट लिएका छन् ।

सन्दीपले आज एक विकेट लिएमा ४२ खेलमा एक सय विकेट ओडिआईमा पूरा गर्ने छन् । जुन ओडिआई क्रिकेट इतिहासकै सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने कीर्तिमान हुने छ । ओडिआईमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा छ । राशिद खानले ४४ खेलमा १ सय विकेट पूरा गरेका थिए ।

सन्दीप ओडआईमा ५० विकेट सर्वाधिक छिटो पूरा गर्ने विश्वकै दोस्रो खेलाडी हुन् । सन्दीपले २२ खेलमा ओडिआईमा ५० विकेट पूरा गरेका थिए । १९ औँ खेलमा श्रीलंकाका अजन्था मेन्डिसले ५० विकेट लिँदै सर्वाधिक छिटोको कीर्तिमान कायम गरेका थिए । सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ओडिआईमा डेब्यू गरेका सन्दीपले तीन पटक पाँचमाथि विकेट लिएका छन् ।

सन्दीप ओडिआईमा नेपालबाट एक सय विकेट पूरा गर्ने पहिलो खेलाडीसमेत बन्ने छन् । सन्दीपपछि नेपालबाट ओडिआईमा सर्वाधिक विकेट सोमपाल कामीले लिएका छन् । सोमपाल कामीले ४४ खेलमा ६१ विकेट लिएका छन् । त्यस्तै, करण केसीले ३८ खेलमा ५६ विकेट लिएका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लिच्ची धेरै खाँदा बढनेछ मोटोपना, बिग्रन सक्छ पाचन प्रणाली
अमेरिकाले विश्वकप जीतेमा सवारी कम्पनि जीपले १०० गाडी निःशुल्क उपहार दिने
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

ताजा

अब ९६ बर्ष इतिहासमा मेस्सीले बनाउने किर्तिमान सक्दैन् कसैले तोडन

लिच्ची धेरै खाँदा बढनेछ मोटोपना, बिग्रन सक्छ पाचन प्रणाली

अमेरिकाले विश्वकप जीतेमा सवारी कम्पनि जीपले १०० गाडी निःशुल्क उपहार दिने

पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.