६५ वर्षीय पुरुषले १६ वर्षीया युवतीसँग गरे विवाह
एजेन्सी । विवाह एउटा यस्तो बन्धन हो, जसमा दुई जनाले सँगै सुखी जीवन बिताउने आशा राख्छन् । यद्यपि कतिपय विवाह विभिन्न प्रकारका हुन्छन्, जसको उद्देश्य फरक हुन्छ । यस्तै एउटा विवाह ल्याटिन अमेरिकी देश ब्राजिलमा भएको छ, जहाँ एक ६५ वर्षीय पुरुषले भर्खर १६ वर्ष पुगेकी एक नाबालिग केटीसँग विवाह गरेका छन् ।
यस्तो होइन कि तपाईंले पहिले यस्तो सम्बन्ध देख्नु र सुन्नु भएको छैन, जसमा पति पत्नीको उमेरमा कुनै अन्तर हुँदैन । आजकल १०र१५ वा २० वर्षको अन्तर पनि देख्न पाइन्छ तर यदि कसैले आफूभन्दा ४९ वर्ष जेठो वा कान्छी व्यक्तिसँग विवाह गरेमा अचम्म मान्नुपर्छ । ब्राजिलको अरौकारिया सहरका ६५ वर्षीय मेयर हिसाम हुसेन देहाईनीले १६ वर्षीया युवतीसँग विवाह गरेर हंगामा मच्चाएका हुन् ।
देखिन्छ हजुरबुवा र नातिनीको जस्तो जोडी
मेयरले आफूभन्दा ४९ वर्ष कान्छी युवतीसँग विवाह गरेको उमेरका कारण मात्रै होइन, यसको पछाडि ठूलो कारण भनिएको छ, जसको प्रत्यक्ष सम्बन्ध भ्रष्टाचारसँग छ ।
ब्राजिलको कानुन अनुसार १६ वर्षका केटीले आमाबुवाको सहमतिमा विवाह गर्न पाउँछन् । बूढाले बिहे गरेकी युवती सहरकी ब्युटी क्वीन बनेकी छिन् तर चर्चा उनको सौन्दर्यको होइन, बिहेबाट केटीकी आमालाई कत्तिको फाइदा भयो भन्ने चर्चा छ ।
छोरीको बिहे, आमाले पाइन् हाई प्रोफाईल जागिर
बालिकाकी आमा मर्लिन रोडे शिक्षा मन्त्रालयमा सामान्य जागिर गरिरहेकी थिइन् तर छोरीको मेयरसँग विवाह भएपछि उनलाई उच्च पद र उच्च पारिश्रमिक दिइएको थियो ।
यो विवाह सहरका उपमेयर र नागरिक दर्ता प्रमुखको कागजातमा दर्ता गरिएको हो । २६ वर्षको अनुभवका कारण सासुले उक्त पद पाएको मेयरको कार्यालयबाट भनाइ भए पनि यो कुरा यतिबेला सबैको ध्यानमा गएको छ ।
सम्बन्धित समाचार
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
ट्रेन्डिङ
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर

