रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति हटाइयो, परम्पराले निरन्तरता पाउने
ललितपुर । कीर्तिपुर नगरपालिका–२ स्थित प्यंगःथांमा राखिएको रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति हटाइएसँगै करिब १४ सय वर्षदेखि चल्दै आएको परम्पराले निरन्तरता पाउने वातावरण बनेको छ ।
कीर्तिपुर नगरपालिकाले स्थानीय दाफा भजन खलः, संस्कृतिप्रेमी, सञ्चारकर्मी र प्रहरीको सहयोगमा रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति आइतबार त्यहाँबाट हटाएको थियो । प्रतिमूर्ति हटाएसँगै रातो मच्छिन्द्रनाथसँग जोडिएको परम्पराको निरन्तरताको लागि सहज अवस्था बनेको हो ।
सुखी गछें समाजको अग्रसरतामा गत मंसिर १५ गते सो प्रतिमूर्ति प्रस्थापना गरिएको थियो । प्रतिमूर्ति स्थापना गर्नुअघि ललितपुरको महाबौद्ध परिसरमा एक समारोहका बीच काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सो मूर्ति हस्तान्तरण गरेपछि सयौं भक्तजनको लावालस्करसहित मूर्ति कीर्तिपुरतर्फ लगिएको थियो ।
महानगरपालिकाको करिब १७ लाख रुपैयाँको सहयोगमा सो मूर्ति प्रसिद्ध मूर्तिकार एवं सम्पदा अभियन्ता रवि शाक्यले बनाएका थिए । त्यसपछि रातो मच्छिन्द्रनाथको नित्यपूजा गर्ने पुजारीहरूको संगठन श्री हयगृव भैरवनाथ तथा ३२ पानेजु संघ, बुं∙मतीले सो मूर्ति नहटाएसम्म यसपटकको जात्रामा आफूहरू फूल–प्रसाद लिएर प्यंगःथां नजाने अडान लिएपछि प्रतिमूर्तिको विवाद उत्पन्न भएको थियो ।
हरेक वर्ष रातो मच्छिन्द्रनाथलाई भोटो जात्राको लागि थतिटोलबाट तानेर जावलाखेल पु¥याउने चार दिनअघि मच्छिन्द्रनाथका पुजारी (जल पानेजु) खाली खुट्टा हिँडेर प्यंगःथांमा पुगी शक्ति स्वरूपा कन्या (याकः मिसा) लाई प्रसाद ग्रहण गराउने परम्परा रहेको छ ।
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

