‘स्नेक वाइन’ भनेको के हो? किन रक्सीको बोतलमा सर्प राखेर पिउछन् मानिस ?
काठमाडौं । मदिराहरू आफ्नो विशेषताका कारण प्रसिद्ध हुन्छन्।
रम, ह्विस्की, भोड्का र वाइनआदि रक्सीका केही प्रकारहरू हुन्। आजसम्म हामीले विभिन्न प्रकारको रक्सी पिएको वा त्यसको बारेमा केही सुनेको हौला। तर, के कहिल्यै सर्पबाट बनेको वाइनको बारेमा सुन्नु भएको छ ? स्वाद लिनुभएको छ ?
वास्तवमा ‘स्नेक वाइन’ वाइन बनाउनको लागि चामल वा अन्य दानाबाट बनाइएको वाइनमा जीवित वा मरेको सर्प छोडिन्छ। यो वाइनको प्रयोग औषधीमा पनि गरिन्छ।
यी देशमा बनाइन्छ
‘स्नेक वाइन’चीनमा बनाइन्छ। यसलाई चिनियाँ भाषामा ‘पिनयिन’ र भियतनामीमा ‘खमेर’ भनिन्छ। यो पहिलो पटक पश्चिमी झोउ राजवंशको समयमा तयार पारिएको थियो। त्यसपछि यो वाइन चीनमा निकै लोकप्रिय भयो।
यो वाइन मुख्यतया औषधीमा प्रयोग गरिन्छ। चीनबाहेक यो वाइन दक्षिणपूर्वी एसिया, उत्तर कोरिया, लाओस, थाइल्याण्ड, भियतनाम, ओकिनावा (जापान) र कम्बोडियामा पनि बनाइन्छ।
धेरै रोगहरूको उपचार
कुष्ठरोग, अत्याधिक पसिना आउनु, कपाल झर्नु, छाला सुख्खा हुनुलगायतका धेरै रोगको उपचार यस वाइनबाट हुने बताइएको छ। परम्परागत चिकित्सामा यसलाई एक टनिकको रूपमा हेरिन्छ।
चीन, जापान, कम्बोडिया, कोरिया, लाओस, ताइवान, भियतनाम र थाइल्याण्डमा तपाईंले यो मदिरा प्रायः सडक छेउका स्टलहरूमा पाउनुहुनेछ।
यसरी हुन्छ तयार
जिउँदो वा मरेको सर्पलाई बोतलमा राखेर त्यसमा चामल, गहुँ वा अन्य दानाको मदिरा हालेर महिनौंसम्म छोडिन्छ।
भियतनामीमा सर्पलाई ‘न्यानोपन’ र पुरुषत्वको प्रतीक मानिन्छ। यस्तो अवस्थामा सर्पबाट बनेको यो वाइन त्यहाँ निकै लोकप्रिय छ। यो त्यहाँ एक शक्तिशाली कामोत्तेजक रूपमा पनि प्रयोग गरिन्छ।
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर

