२४ वर्ष मै ७ करोड २४ लाख कमाउने सरकारी अधिकृत
काठमाडौं । सरकारी सेवामा रहँदाको करिब २४ वर्षका दौडानमा एक जना अधिकृतले मात्र चार करोडभन्दा बढी रकम गैरकानुनी रूपमा आम्दानी गरेको खुलेको छ ।
अख्तियार दुरुपयोग दुरुपयोग अनुसन्धानले गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जमा कार्यरत तत्कालीन वरिष्ठ निरीक्षक शशीभूषणकुमार यादवको जागिर अवधिको समग्र आय र व्यय, लगानी र आर्जित सम्पत्तिको विस्तृत अध्ययन गर्दा सो तथ्य बाहिर आएको हो ।
यादवले सरकारी सेवामा प्रवेश गरेदेखिको २४ वर्षको अवधिमा गरेको वैधानिक आम्दानी र कुल खर्च, लगानीसहित सम्पत्ति अमिल्दो र अस्वाभाविक देखिएको आयोगको प्रवक्ता भोला दाहालले बताए।
आयोगका अनुसार यादव २०४६ साल जेठ ८ गते सरकारी सेवामा प्रवेश गरेका थिए । गत असारसम्ममा यादवको कुल खर्च एवं लगानी ७ करोड २४ लाख ५६ हजार २ सय ६३ रुपैयाँ १२ पैसा खर्च रहेको पाइएको छ ।
जबकि, यादवको वैधानिक आय २ करोड ७७ लाख २२ हजार ५० रुपियाँ ४६ पैसा हुनुपर्ने आयोगको अनुसन्धानले देखाएको छ । निजको आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच तादात्म्यता देखिन नआई ४ करोड ४७ लाख ३४ हजार २ सय १२ रुपैयाँ २६ पैसा बराबर सम्पत्ति ऋणात्मक देखिई वैधानिक स्रोत पुष्टि हुन नसकेको प्रवक्ता दाहालको भनाइ रहेको छ ।
‘वैधानिक रूपले आर्जित सम्पत्तिको अनुपातमा मनासिव नदेखिने निज र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्चस्तरको जीवनयापन गरेकाले सार्वजनिक पदको दुरुपयोग गरेको प्रमाणित हुन आएको छ’ –प्रवक्ता दाहालले भने। सो कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आयोगले जनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर

