फलफूल पकाउन हानिकारक विषादीको प्रयोग
भरतपुर । भरतपुरको वीरेन्द्र जुस सेन्टरले फलफूल पकाउन हानिकारक विषादी क्याल्सियम कार्बाइड प्रयोग गरेको पाइएको छ । क्यान्सर जस्तो गम्भीर रोग लाग्नसक्ने विषादीको प्रयोग गरेको भेटिएपछि भरतपुर महानगरपालिकाले उक्त पसल बन्द गराएको छ ।
बुधबार महानगरपालिकाले विभिन्न पसलमा अनुगमन गरेको थियो । उक्त जुस पसलमा लस्सी बनाउँदा कुहिएको केरा प्रयोग गर्ने गरेको समेत पाइएको छ । भरतपुरकै विभिन्न स्थानमा शाखा रहेको यो जुस सेन्टरलाई महानगरले खाद्य ऐन अनुसार नै कारबाही गर्ने तयारी गरेको छ ।
मानव स्वास्थ्यमा गम्भीर असर गर्ने विषादीको प्रयोग गरेको पाइएपछि पसल बन्द गराइएको भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालले बताए । उक्त पसललाई खाद्य ऐनअनुसार थप कारबाहीको प्रक्रिया अघि बढाइने उनले बताए । बजार अनुगमनका क्रममा उक्त जुस सेन्टरमा पुगेको अनुगमन टोलीले पसल बन्द गर्ने निर्णय गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले फलफुल पकाउन प्रतिबन्धित विषादी क्याल्सियन कार्बाइडको प्रयोग गरेको पाइएको बताए । अक्षम्य गल्ती गरेकाले पसल सञ्चालकलाई खाद्य ऐनअनुसार कारबाही हुने उनले बताए ।
यस्तै भरतपुरस्थित भाटभटेनी सुपरमार्केटले खाद्यान्न जस्तो संवेदनशील वस्तुको व्यवस्थापनमा लापरबाही गरेको अनुगमनमा भेटिएको छ । अनुगमनका क्रममा बिग्रिएको निउरो र साग फेला परेको वडाध्यक्ष खनालले बताए । बिग्रिएको एक÷एक मुठा निउरो र साग अनुगमन टोलीले जफत गरेको थियो ।
त्यस्तै भाटभटेनीले भारतीय माछा प्याकिङ गरेर बिक्री गर्ने गरेको पाइएको छ । नेपालका माछा पालक किसानले भारतीय माछा ल्याउन प्रतिबन्ध लगाउनुपर्ने माग गरिरहेका बेला भाटभटेनीले भने धमाधम भारतीय माछा बिक्री गरिरहेको खनालको भनाइ छ ।
अनुगमन टोलीले भाटभटेनीको गोदाम कक्षको पनि निरीक्षण गरेको थियो । गोदाममा खाद्य र अखाद्य वस्तु दुवै एकै ठाउँमा राखेको तथा अव्यवस्थित पाइएको वडाध्यक्ष खनालले बताए । “खाने चिज अत्यन्तै अव्यवस्थित र केही कुहिएको पनि भेटियो”, उनले भने, “अर्कोतिर प्रतिबन्ध नै लगाउनुपर्ने भारतीय माछा पनि ल्याएर बिक्री गरेको पायौँ ।”
यस्तै अनुगमनका क्रममा केही मासु पसलमा एक महिना अघिसम्मको मासु बिक्रीका लागि भेटिएको थियो भने अस्पताल अगाडिका चमेनागृहमा फोहर र खानेकुरा नछोपी राखेको तथा मूल्य सूचीसमेत नराखेको पाइएपछि सचेत गराइएको छ । अनुगमनमा महानगरको अनुगमन समितिका सदस्य विष्णुबहादुर भुजेल, पशुसेवा शाखाका अधिकृत शिव अर्याल, उपभोक्ता अधिकार संरक्षण मञ्चका उपाध्यक्ष विष्णु भुसाललगायतको सहभागिता थियो । रासस
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर

