भारतले बढाएर पठायो पेट्रोलियम पदार्थको मूल्य
जानकारी केन्द्र
२०८०, जेष्ठ, १९
काठमाडौं । भारतीय आयल निगम (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार अघिल्लो पटकको तुलनामा पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा र डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको छ ।
हवाई इन्धनको मूल्य भने प्रतिलिटर ७ रुपैयाँले घटेको छ । इन्धनको भाउ बढेर आए पनि हाललाई नेपालमा मूल्यवृद्धि नगर्ने तयारीमा निगम देखिएको छ । नेपाल आयल निगमलाई आईओसीले १५/१५ दिनमा इन्धनको मूल्य सूची पठाउँछ ।
सोही अनुसार अघिल्लो पटकको तुलनामा मूल्य सामान्य बढेर आएको हो । हाल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १७५ तथा डिजेल र मट्टितेल १५५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।
सम्बन्धित समाचार
यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन पटाया, थाइल्यान्ड प्रस्थान
प्रभु बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
पहिरो, बाढी र वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध
सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
नेपाल र जापानबीच ४१० मिलियन जापानी येन बराबरको अनुदान सम्झौता
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
ट्रेन्डिङ
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

