नारायणीमा ‘क्रुजसीप’ सञ्चालनपछि बढे पर्यटक
नवलपुर। मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको नेपालकै पहिलो ‘क्रुजसीप’ले व्यावसायिक यात्रा प्रारम्भ गरेसँगै यस क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ । क्रुजसीपका कारण नवलपुर र चितवन आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको होटल व्यवसायी बताउँछन् ।
गैँडाकोटको एलो हाउस रिसोर्टका सञ्चालक चिरञ्जीवी सिग्देलले आफ्नो रिसोर्टमा आउने पर्यटक क्रुजसीप चढ्न जाने गरेको बताए । “नारायणी नदीमा क्रुजसीप सञ्चालनमा आएपछि गैँडाकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ”, उनले भने, “केही पर्यटक घुम्न आएका बेला क्रुजसीप जाने गरेका छन्, केही भने क्रुजसीप चढ्नकै लागि मात्र आउने गरेका छन् ।” क्रुजसीपका कारण नवलपुर तथा चितवनका होटलमा पर्यटकको वृद्धि भएको उनको भनाइ छ ।
क्रुजसीप सञ्चालक संस्था राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका व्यवस्थापक विक्रम बस्यालले दैनिक तीन चरणमा क्रुजसीप सञ्चालन भइरहेको बताए । “नियमित समयमा पर्यटकका लागि दैनिक तीन सिफ्ट क्रुज सञ्चालनमा छ”, उनले भने, “दश जनाभन्दा बढीको समूहमा आउनेका लागि उनीहरुकै समयमा प्राइभेट क्रुज पनि सञ्चालन भइरहेको छ ।” अहिले दिउँसो पछि १, ३ र ५ बजे पब्लिक क्रुज सञ्चालनमा छ ।
आजदेखि ‘इभिनिङ क्रुज’ (सन्ध्याकालीन क्रुज) पनि सञ्चालन हुने बस्यालले बताए । “पछिल्लो समय बढ्दै गएको गर्मीका कारण आजदेखि ‘इभिनिङ क्रुज’ सञ्चालन गर्ने तयारी गरेका छौँ”, उनले भने, “बेलुका ६–७ बजेको समयमा सञ्चालन हुने इभिनिङ क्रुजमा सूर्यास्तको मनमोहक दृश्यावलोकन पनि गर्न सकिन्छ ।” कम्पनीले यात्रुको सुविधालाई ध्यानमा राख्दै केही दिनभित्रै क्रुजसीपको आकर्षक प्याकेज घोषणा गर्ने तयारी गरिरहेको बस्यालले बताए ।
“देशका विभिन्न स्थानबाट व्यक्तिगत तथा सामूहिकरुपमा क्रुजसीप चढ्नका लागि यात्रु आउने गरेका छन्”, उनले भने, “सहकारी, बीमा कम्पनी, विभिन्न सङ्घसंस्थाबाट क्रुज चढ्नकै लागि आउने गरेको बताए ।” प्रतिव्यक्ति रु सात सयको टिकट काटेपछि नारायणी नदीमा एक घण्टासम्म क्रुजसीपमा रमाउन पाइने उल्लेख गर्दै उनले पाँचदेखि १० वर्षसम्मका बालबालिकाका लागि रु पाँच सयको टिकटको व्यवस्था गरिएको बताए । टिकट काटेर क्रुजमा सवार गर्ने सबै यात्रुलाई ‘वेलकम ड्रिङ्क्स’ दिएर स्वागत गरिने उनको भनाइ छ ।
टिकट काटेर क्रुजसीपको यात्रामा जाने सबै यात्रुको रु १० लाख बराबरको बीमा गरिएको जनाउँदै उनले कुनै भवितव्य आएमा लाइफ गार्डकोसमेत व्यवस्था गरिएको जानकारी दिए । क्रुजसीपभित्रै रेष्टुराँ सञ्चालनमा छ । बजारका होटल तथा रेष्टुराँकै मूल्यमा क्रुजसीप रेष्टुराँमा खाजा तथा खानालगायत पेयपदार्थ उपलब्ध गराइने बस्यालले बताए ।
नारायणीमा सञ्चालनमा आएको क्रुजसीपभित्र रेष्टुराँसहित सांस्कृतिक कार्यक्रम गर्न मिल्ने आकर्षक स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्ट तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट राखिएका छन् । तीन तलाको क्रुजमा एकैपटकमा दुई सय यात्रु चढ्न मिल्ने क्षमता रहेको छ । क्रुजसीपमै बसेर विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठलगायतका गतिविधि गर्न पाइने बस्यालको भनाइ छ ।
नवलपुरको मध्यविन्दु नगरपालिकाबाट क्रुजसीपको यात्रा गर्न आउनुभएकी आरती शर्माले पहिलोपटक क्रुजसीप चढ्न पाउँदा निकै उत्साहित भएको बताए । “यो नेपालकै नौलो प्रयोग हो, क्रुजको यात्रा रमाइलो हुन्छ भन्ने सुनेको थिएँ, आज आफैँले अनुभव गर्न पाएँ”, उनले भने, “अहिले छोटो दूरीमा यात्रा गराइने रैछ, यात्रा गर्ने दूरी अलि बढाउँदा रमाइलोसँगै नारायणी किनारको दृश्यावलोकन पनि गर्न पाइन्थ्यो ।” छोटो समयका लागि घुम्ने ठाउँका रुपमा क्रुजसीपको यात्रा उपयुक्त स्थान भएको शर्माको भनाइ छ ।
सम्बन्धित समाचार
सेप्टेम्बरमा लिपमोटरको १ लाख ५ हजार ६५६ युनिट डेलिभरी, विश्वव्यापी कीर्तिमान कायम
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
ट्रेन्डिङ
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

