वर्षाको सम्भावना
काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली रहनुका साथै पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।
राजधानी काठमाडौँ उपत्यकाको आकाशमा बादल लागेको छ । काठमाडौँको तापक्रम बढेपनि पछिल्लो दुई दिनको तुलनामा गर्मी केही कम महशुस गरिएको छ । महाशाखाको विवरमा आज काठमाडौँको न्यूनतम १८ र अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस रहेको छ ।
महाशाखाका अनुसार एकसातादेखि देशका अधिकांश भू–भागको तापक्रम वृद्धि भएकाले गर्मी बढेको छ । तराईका अधिकांश भू–भागमा तापक्रम लू चलिरहेको छ । वर्षा नहुँदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको मौसमविद्हरुको भनाइ छ ।
सम्बन्धित समाचार
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
यस्तो छ आजको मौसम पुर्वानुमान
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
