• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ बैशाख २०८३, शुक्रबार
०४ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी
  • १२ घण्टा 

२०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १३ घण्टा 

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
  • १६ घण्टा 

अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा
  • १७ घण्टा 

TikTok has releases 2025 Community Guidelines Enforcement Report
  • १८ घण्टा 

टिकटकद्वारा २०२५ चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक
  • १९ घण्टा 

सुनको मुल्य प्रतितोला ३ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • १९ घण्टा 

एटीएमबाट एकपटकमा २० हजार र एक दिनमा ५० हजार रुपैयाँभन्दा बढी झिक्न नपाइने
  • १९ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. अब जन्म,विवाह दर्ता लगायतका प्रमाणपत्र नागरिक एपमै हुने

  • २. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन

  • ४. विद्यालयलाई छात्रवृत्ति विवरण सार्वजनिक गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ५. २०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

  • ७. ब्ल्याक प्लस डेकरद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा “ओन द फ्युचर,ओन द ब्ल्याक प्लस डेकर” योजना सार्वजनिक

  • ८. २०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. २०८३ वैशाख १ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी

रहस्यको गर्भमा मौलापुरको महादेव मन्दिर

जानकारी केन्द्र २०८०, जेष्ठ, २५

रौतहट ।“यो मन्दिर त रहस्यैरहस्यले भरिएको रहेछ । जति उत्खनन गर्‍यो, जति अनुसन्धान गर्‍यो, उति नयाँनयाँ रहस्यहरु उद्घाटित भइरहेका छन्”, पूर्वमन्त्री एवं रौतहट-३ का सांसद प्रभु साहले मौलापुर नगरपालिका-५ स्थित पुरातात्विक पतौरा मन्दिरलाई देखाउँदै भने । प्रारम्भमा यो मन्दिर सेनकालको भन्ने मानियो । पछि अर्को तथ्य फेला पर्‍यो र यसको इतिहास कर्नाटकालसँग जोडियो । अहिले त यो कर्नाटकालभन्दा पनि प्राचीन हो भन्ने विभिन्न तथ्यहरु उजागर हुँदैछ ।

जानकारहरुका अनुसार यस मन्दिर र वरपरको क्षेत्रको उत्खनन् गरी पुरातात्विक अध्ययन अनुसन्धानले पूर्णता पाए विगतको सिम्रौनगढ राज्यको मात्र होइन, नेपालकै इतिहासमा नयाँ ढङ्गले अध्ययन गर्नुपर्ने अवस्था सिर्जना हुनसक्छ । उनीहरुका अनुसार यो मन्दिर १०औँ शताब्दी वरपरको हुनसक्ने अनुमान छ । यसको उत्खनन र संरक्षण राज्यबाटै हुनुपर्ने र यसलाई विश्व सम्पदामा सूचीकृत गरिनुपर्ने स्थानीयवासी बताउँछन् ।

अनुसन्धानबाट नयाँ तथ्य फेला परेसँगै ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको यस पतौरामन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउनुपर्ने माग उठ्न थालेको छ । धार्मिक, पौराणिक एवम् पुरातात्विकरूपमा यो मन्दिर इतिहासको कैयौँ कालखण्डको साक्षीका रुपमा रहेकाले यसलाई विश्वसम्पदा सूचीमा समावेश गर्नुपर्ने माग गरिएको हो ।

हाल पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा पुर्‍याउन आफू निरन्तर प्रयत्नरत रहेको नगरपालिकाका प्रमुख रिना कुमारी साहले बताए । उनले भने, “नेपालको धेरै सम्पदा विश्व सम्पदामा समावेश छ तर तराई मधेसको एउटा पनि सम्पदा विश्व सम्पदामा समावेश छैन ।” ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको यो मन्दिर नेपालकै एक महत्वपूर्ण पर्यटकीय केन्द्रका रुपमा स्थापित हुने उनको भनाइ छ । नेपालमा जम्मा १० वटा सम्पदालाई विश्वसूचीमा राखिएकाले अब अर्को गन्तव्य पुरातात्विक मन्दिर बन्ने मेयर साहको विश्वास छ ।

पूर्वमन्त्री एवं सांसद साहको विषेश पहलमा उक्त मन्दिरको पर्खालका रुपमा प्रयोग गरिएको ऐतिहासिक इन्टाको पुुरातत्व विभागमा जाँच हुँदा मन्दिरको पर्खालका रुपमा रहेको इँटाहरु झन्डै १० इञ्चभन्दा बढी चौडाइ रहेको पाइएको छ । विसं २०६७/६८ मा सांसद साहले यस मन्दिरको अवस्थाका बारेमा पुरातात्वक विभागलाई खबर गरी मन्दिरको जीणोद्धारका लागि अनुरोध गरेको थियो ।

यस मन्दिरको अध्ययनमा संलग्नका अनुसार मन्दिरको पुनःनिर्माण कर्नाटकालमा (११-१२ शताब्दी), फेरि अर्को पटक सेनकालमा (१५-१६ औँ शताब्दी) र पछिल्लो पटक अहिले भएको छ । हरेक पाँचरपाँच सय वर्षको अन्तरालमा मन्दिर लोप हुने र पछि पुनः प्रकट हुने विश्वास गरिन्छ । सांसद साहले जनकपुरको जानकी मन्दिर, गढिमाई मन्दिर, बारा सिम्रौनगढका ठूलो इतिहास बोकेको सम्पदासहित रौतहटको मौलापुर पतौराको हजारौं वर्ष पुरानो पतौराको महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गर्न आफू लागिपरेको बताए ।

उनले यस्ता सम्पदाहरु विश्वसम्पदा सूचीमा समावेश गराउन आवश्यक कूटनीतिक तथा अन्य पहलका लागि सरकारको ध्यानाकर्षण गराए । बारी खन्ने क्रममा पुराना इँटा भेटिएपछि स्थानीयले सामान्य उत्खनन गर्दा मन्दिरको संरचना भेटिएको र पछि सामान्य उत्खनन गर्दा प्राप्त भएको शिवलिङ्गलाई मन्दिर बनाएर पूजाआजा गर्न थालिएको थियो । यस मन्दिरमा पूजा गरेमा मनोकामना पूरा हुने जनविश्वास छ । पछिल्लो समय यस मन्दिरमा पूजा गर्न नेपाल तथा भारतीय भक्तजनको भीड लाग्न थालेको छ ।

प्रारम्भिक उत्खननका क्रममा मन्दिर सेनकालीन रहेको पाइयो । मन्दिरमाथि माली टोल रहेकाले थप उत्खननमा नै बाधा पुगेपछि नगरपालिकाले बस्तीलाई अन्यत्र सारेर मन्दिर क्षेत्र खाली गराई वरिष्ठ पुरातत्वविद् तारानन्द मिश्र नेतृत्वको टोली र पुरातत्व विभागले थप उत्खनन गर्दा मन्दिरको पुनर्निर्माण कार्य कर्नाटकालीन समयमा पनि भएको तथ्य फेला पर्‍यो । मन्दिरको प्रारम्भिक उत्खननको क्रममा नै कैयौँ रहस्यमयी तथ्यहरू बाहिर आउन थालेका छन् । यस मन्दिरको उत्खनन र पुरातात्विक अध्ययन भइरहेकै समयमा पुरातत्वविद् मिश्रको निधन हुँदा मन्दिरका अनेकौं तथ्य प्राप्तिमा समस्या भएको अनुभव गरिएको छ ।

मन्दिरलाई उत्खनन गर्दै जाँदा जमिनको सामान्य सतहदेखि करिब २२ फिट गहिरोसम्म यसको संरचना भेटिएको छ । सिम्रौनगढमा कर्नाटवंशीय शासन स्थापना हुने समयकै हाराहारीको रौतहटको ईशनाथ मन्दिर (स्थापना विसं १११४)लाई विचार गर्दा पतौराको महादेव मन्दिर अझ पुरानो भएको हुनसक्ने अनुमान गरिन थालिएको छ ।

प्रारम्भिक उत्खनन प्रतिवेदनअनुसार ११ देखि १२ शताब्दी अर्थात् कर्नाटकालमै यस मन्दिरको पूनर्निर्माण गरिएको पाइएको छ । उत्खनन एवं अन्वेषणबाट प्राप्त अन्य तथ्यअनुसार मन्दिरसँगै एउटा दरबारको अवशेषसमेत भेटिएको छ । उक्त दरबार तत्कालीन शासकको केन्द्र हुन सक्ने अनुमान गरिएको छ । समय क्रमसँगै समाज, शासन एवम् प्रकृतिमा व्यापक परिवर्तन भएपनि यो मन्दिरको पुरानो अस्तित्व कायम नै रहेको देखिन्छ।

प्राचीनकालदेखि नै मौलापुर धर्म र आस्थाको केन्द्र रहेको विश्वास गरिन्छ । मौलापुर शब्द संस्कृतको ‘मौला’र पुरबाट उत्पत्ति भएको हो । मानसार शिल्पशास्त्रका अनुसार मौलाको अर्थ भगवान् शिवको जट्टालाई जनाउँछ भने पुरको अर्थ नगर हुन्छ । यस अर्थमा पनि मौलापुर शिवको जटाबाट उत्पत्ति भई परापूर्वकालदेखि नै पवित्र शिव भूमि रहेको कुरा सहजै बुझ्न सकिन्छ ।

रौतहटको मौलापुर नगरपालिकाको पतौरामा उत्खननको क्रममा रहेको महादेव मन्दिरको बेलायतका पुरातात्विक अध्येताहरुद्वारा अध्ययन सुरु भएको छ । मन्दिर उत्खनन्का क्रममा निकै पुरानो संरचना प्राप्त भएपछि विशेष पुरातात्विक अध्ययन गर्न थालिएको हो । धेरै प्रमाणबाट मन्दिर कर्नाटकालको रहेको देखियो । पछि विदेशी टोलीले अन्वेषण गर्दा त्यो भन्दा पनि पुरानो हुनसक्ने अनुमान गरिएको छ । कुनै कालखण्डमा यहाँ एउटा समृद्ध सहर रहेको प्रमाण पनि फेला परेको छ ।

पतौरा महादेव मन्दिरको विषयमा चासो बढेपछि बेलायतको दुर्हाम विश्वविद्यालयको पुरातात्विक टोलीले स्थलगत अध्ययन थालेको छ । मौलापुर नगरपालिकाका अनुसार जमिनमुनि दुई मिटरसम्मको पुरातात्विक एक्सरे गर्न सक्ने मेसिनको सहायतासमेत लिएर रिची भिलिस र एलिक नेलोरको संयुक्त टोलीले पुरातात्विक अध्ययन थालेको थियो ।

मधेश प्रदेशमै नमुना पालिकाको रूपमा रहेको मौलापुर नगरपालिकाले विकास पूर्वाधारका साथै यहाँ रहेका सांस्कृतिक एवं पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रवद्र्धनमा पनिजोड दिएको नगरपालिकाका प्रशासकीय अधिकृत रामबाबु साहले बताए । ‘‘पतौरा महादेव मन्दिर मौलापुरको मात्र नभई सिंगो देशको एक महत्वपूर्ण धार्मिक पर्यटकीय केन्द्र बन्दै गएको बताउँदै उनले भने, ‘‘यस मन्दिरको प्रवर्द्धन र विकासलाई नगरपालिकाले उच्च महत्व दिएको छ ।” यस मन्दिर प्राङ्गणमा २०७६ फागुनमाआयोजना गरिएको महायज्ञमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विशेष पूजाअर्चना गरेको थियो ।

धार्मिक पर्यटनको हिसाबले यस क्षेत्रलाई विश्व समुदायमा प्रचार गर्न सकिने सम्भावना रहेको बताउँदै नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले भने, “यस मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न सकिएमा पुरातात्विक विषयमा चासो राख्ने पर्यटकहरुलाई पनि भित्र्याउन सकिनेछ ।” सरकारले २०७५ सालमा देशैभरका पर्यटकीय गन्तव्यको प्रवर्द्धन र विकासका लागि सयवटा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक गरेकामा मधेस प्रदेशबाट पतौरा महादेव मन्दिरलाई पनि छनोट गरेको थियो । सय पर्यटकीय गन्तव्य छनोट गर्दा सय वर्ष पुराना पुरातात्विक सम्पदालाई सबैभन्दा बढी प्राथमिकता दिइएको थियो ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा
आज मातातीर्थ औंशी : आमाप्रति सम्मान र स्मरणको विशेष दिन

ताजा

प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी

२०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.