काठमाडौँ । नेपालमा पर्यटन प्रर्बद्धन सांस्कृतिक र ब्यबसाय मा केही टेवा पुगोस् भन्ने उदेश्यका साथ यही मिती २०२३ जुन ३ तारिखका दिन सोफिटेल होटल मकाउ मा नेपाली महावाणिज्य दुतावाश हङकङ मकाउँ नेपालको महावाणिज्य दूतावास हङकङ र मकाउ एस ए आर बिशेष प्रशासनिक क्षेत्र र गैर आवाशिय नेपाली संघ मकाउँ एनआरएनए एनसीसी – मकाउ को प्रमुख आयोजक र लालीगुराँस संघ हङकङ, ब्रदरहुड एसोसिएसन मकाउ र मकाउ नेपाली शारीरिक सुगठन तथा फिटनेस संघ मकाउको सह आयोजकत्वमा नेपाल पर्यटन, ट्रेड एक्स्पो र सांस्कृतिक कार्यक्रम कार्यक्रम अत्यन्तै सौहार्दपुर्ण वातावरणमा विशेष गरी नेपाली महावाणिज्य दुतावाश हङकङ मकाउँ का महामहिम वाणिज्य दुत उदय राना मगर ज्युको आतिथ्यमा विभिन्न सांस्कृतिक कार्यक्रमका माझ नेपाली र विदेशी नागरिकहरु को बाक्लो उपस्थिती मा सु-सम्पन्न भयको छ ।
एनआरएनए एनसीसी – मकाउ का कार्यबाहक अध्यक्ष रुस्तम श्रेष्ठ, संस्थाका संरक्षक श्रीजन (किंग्स्टन बाबा), बम लिम्बु, चेतन गुरुङ र बरिष्ठ सल्लाहकार तथा निर्वाचन कमिटीका अध्यक्ष बिकेन जोशी ज्युको नेतृत्वमा ब्रदरहुड मकाउ का अनुसार कार्यक्रममा संयुक्त रुपमा हङकङ र मकाउँलाई समेट्ने गरी यहाँ रहेका नेपाली ब्यबसाय हस्तकला परम्परागत तथा मौलिक नेपाली ब्यापारमा थप उर्जा प्रदान गर्दै प्रत्यक्ष वा अप्रत्यक्ष समस्टिगत रुपमा नेपाल लाई नै प्रतिनिधित्व हुने गरी यस कार्यक्रम मार्फत स्वत-स्फुर्त रुपमा प्रस्तुत गरिएको थियो ।
यसैगरी एनआरएनए एनसीसी(मकाउ को मिडिया संयोजक को प्रमुख भुमिका निर्बाह गर्दै-विन मकाउ ‘मा कार्यरत् उत्सव सापकोटा (स्मरण दिनचर्या) ज्युले कार्यक्रमको उदेश्य र बिषयमा यहाँको स्थानिय मिडिया (टि डि एम) समक्ष बिस्तृत रुपमा स्पषट बक्तब्य राख्नुभएको थियो ।

बिशेषगरी नेपाली राजस्वको श्रोत पर्यटनलाई नेपालको प्रमुख उद्योगका रूपमा लिईरहँदा पर्यटक समक्ष हामी हाम्रो तर्फबाट पनी नेपाली झल्किने गरी बुद्धको भुमी,दश उच्चतम हिमाल, पवर्तारोहण,सांस्कृतिक विविधता,धार्मिक र भौगोलिक वातावरणिय विविधताहरु लगायत संक्षिप्त रुपमा नेपालका प्रमुख पर्यटक श्रोतहरु लाई यस कार्यक्रम मार्फत विश्व जगतमा नेपाललाई सुक्ष्म रुपमा भयतापनी जोडेर सिङ्गो नेपालको पर्यटनमा थप उजागर गर्नेछ भन्ने बिश्वाश लिएका छौ,बिशेषगरी संस्थाको आमन्त्रणलाई स्विकार गर्दै बिशेष अतिथी फिलिपिन्स महावाणिज्य दुत मकाउँ मकाउ हङकङ म्यान्माको महावाणिज्य दूतावास महावाणिज्य दुत मकाउँ हङकङ र मकाउँ विशेष प्रशासनिक क्षेत्र जनवादी गणतन्त्र चिनका विधानसभा उपाध्यक्ष डेपुटी जोसे मारिया पेरेरा कौटिन्हो (कमाण्डर), मकाउँ र पोर्चुगल बिच आर्थिक ब्यापार सहयोगको लागी फोरम को स्थायी सचिवालयका उपमहासचिब मिस रीता बोतेल्हो डे सन्तोष (कमाण्डर), मकाउँको आर्थिक सांस्कृतिक र वाणिज्य तथा व्यापार प्रर्बदन गर्ने संघका संस्थापक अध्यक्ष पोर्चुगिज मुलका मकाउँ नागरिक लुइस नुनेस अर्न्तराष्ट्रिय ब्यापार केन्द्रका अध्यक्ष तथा चिनमा एस डि एमका लागी बिशेष बिशिष्ट संवाददाता भिटोरियो रोजारियो कार्डोस मडेरिया, मकाउँ सहासभा उपाध्यक्ष कार्लोस रुई पिरेस मार्सेलो ज्युहरुले गर्नुभएको थियो ।
नेपाली समाज मकाउँका अध्यक्ष युबराज न्यौपाने ज्युले अतिथी पाहुँना हरुको स्वागत सत्कार सहित आर्थिक सहयोग उपलब्ध गराउँनु भएको थियो, त्यसै गरी हृदय खोलेर कार्यक्रम सफलताको कामना गर्दै शीर्ष बिल्डर समूह लिमिटेडका निर्देशक ताम होन चेओंग वन ज्युले हीरा प्रायोजक र्नुभएको थियो साथै मकाउँ स्थित मकाउ प्रवासी श्रमिक संघका सभापती लोरेन्जो लामेरास ज्युले पनी सहयोग उपलब्ध गराउनु भएको थियो, सहयोग गर्ने क्रममा हङकड निवाशी नेपाली र मकाउँ मा कार्यरत नेपालीहरुको ब्यक्तिगत तथा संस्थागत तर्फबाट पनी आर्थिक सहयोग उपलब्ध भएको थियो एक ब्यापारिक मेला पनि भयकाले स्थापित विभिन्न कम्पनिहरु ले आफ्नो सेवा र सुबिधा का बारेमा स्टल सहित ब्यापार प्रदर्सन तथा प्रदर्शनी गरिएको थियो भने मकाउँमा स्थापित विभिन्न संघ संस्थाहरुले आफ्नो समाज र सास्कृतिक पहिचान झल्किने गरी नृत्य प्रदर्सन गरिएको थियो जसमध्ये लाखेनाच साँकेला झाँकी सहित नेपाली मौलिक सांस्कृतिक नृत्य प्रस्तुत भएको थियो ।
उक्त कार्यकममा मकाउँमा स्थापित निम्न संघ संस्थाहरु को प्रतिनिधित्व तथा सहभागिता रहेको थियो हेड्स नेपाल मकाउँ शाखा, गुरुङ तमु समाज, मगर समाज, किरांत राई यायोक्खा समाज, सुदुरपस्चिमेली समाज, सेर्पा समाज, तामाङ घेदुङ समाज, नेवार समाज मकाऊ ,नेपाली समाज मकाउँ आदी इत्यादी को उपस्थिती का साथ आर्थिक नैतिक भौतिक रुपमा सहयोग पनी प्राप्त भएको थियो ।
यस कार्यक्रमले मकाउँमा रहेका नेपाली हरु बिच एक आपसमा भातृत्व तथा दुई देश बिच परस्पर मितब्ययिता कायम राख्न महत्वपूर्ण भुमिका खेल्नेछ पर्यटक आवागमन मा प्रोत्साहन गर्नेछ मकाउँका यावत बिशिष्ट व्यक्तित्वहरुले यस ऐतिहासिक कार्यक्रमको प्रसंशा र खुसी प्रकट गरिरहँदा नेपाल र नेपालीको हित मा सकारात्मक कार्य गर्ने थप उर्जा प्रदान गरेको छ ।
समग्रमा संस्थाका संरक्षक ज्युहरु ले बिभिन्न पेशा व्यबसाय र सरकारी निकाय मा आबद्द वक्तित्वहरु हरुलाई जोडेर कार्यक्रमको उदेश्यमा हित हुनेगरी अहम भुमिका निर्वाह गर्नुभयको छ, यसबिचमा हामिलाई निष्पक्ष रूपमा कार्य गर्न हौँसला प्रदान गर्नुहुने साथै सर- सल्लाह र सुझावहरू ब्यक्त गर्नुहुने र मकाउमा रहनुहुने सम्पुर्ण ब्यक्तित्वहरू हार्दिक आभार प्रकट गर्दछौँ । साथै मकाउमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई दीदी बहिनीहरू एक- आपसमा हातेमालो गर्दै एक ढिक्का भएर अगाडी बढ्नुहोला , शुभकामना छ !
किंगस्टन (श्रीजन बाबा )
मकाउ


