Jankari Kendra
१८ आश्विन २०८३, आईतवार
Worldlink

कस्तो रहला आजको मौसम, कहाँ–कहाँ वर्षा ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, जेष्ठ, २९
कस्तो रहला आजको मौसम, कहाँ–कहाँ वर्षा ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले आइतबार रातिदेखि देशका केही स्थानमा वर्षा भएको छ।

बिहान कोशी, र बागमती प्रदेशको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो भने कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा रमधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका मध्य तथा पश्चिम तराईका भू९भागहरूमा भने अत्यधिक गर्मी हुने देखिएको महाशाखाले जनाएको छ।

आज राती भने कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ-गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

Top Changing Nepal

युट्युब सट्स