थाइराइड भएको कसरी थाहा पाउने ? यी हुन लक्षण
हाम्रो शरीरमा विभिन्न प्रकारका ग्रन्धी हुन्छन्, जसमध्ये एक थाइरोइड ग्रन्थि हो । जुन घाँटीभित्रको बिच भागमा पाईन्छ । यो ग्रन्थि टी–थ्री र टी–फोर हर्मोनसँग सम्बन्धित हुन्छ । यो हर्मोनले हाम्रो शरीरको बेसन मेटाबोलिजम रेगुलेट गर्ने काम गर्दछ । टीएसएच नामक दास्रो हर्मोन हुन्छ, जुन पिट्युटरी ग्रन्थिबाट निस्कन्छ र यीनलाई कन्ट्रोल गर्ने काम गर्दछ । थाइरोइड दुई प्रकारका हुने गर्दछन् ।
– हाइपोथाइरोडिजम :
हाइपो भनेको कम हो । यदि थाइराइडको फंगसन कम भयो भने जसमा टी–थ्री वा टी–फोर को कम मात्रामा ग्रन्थि निस्केको छ भने त्यसलाई हामी हाइपोथाइरोडिजम भन्छौं । जो आज/भोलि कमन भइसकेको छ । यसमा टी–थ्री वा टी–फोर हर्मोन घट्छ र टीएसएच हर्मोन बढ्छ ।
हाइपोथाइरोडिजम हुने कारणहरु
१. आयोडिन नुनको कमीले
२. एन्टिथाइरोइड औषधीहरुको मात्रा धेरै हुनाले
३. मानसिक चिन्ता बढ्नाले
४. थाइरोइडको सर्जरी गरीसकेपछी पनि एक्सेसिभ ग्रन्थि पुनः निस्किनु वा निकाल्नाले हर्मोनको कमीले
५. पोस्टर रेडियसनको कारणले
हाइपोथाइरोडिजम हुँदा दखिने लक्षणहरु
१. भोक कम लाग्नु
२. तौल बढ्नु
३. शरीर सुन्निनु
४. कपाल झर्नु
५. चिड्चिढापन हुनु
६. पसिना कम आउनु
७. कमजोरी महशुस हुनु
८. जाडो लाग्नु
९. कब्जियत हुनु
१०. स्मरण शक्ति कम हुनु
११. मुटुको धड्कन कम हुनु
१२. महिनावारी नियमित रूपमा नहुनु
हाइपोथाइरोडिजमको उपचार
लिभोथाइरोक्सिन औषधी डक्टरको सल्लाहअनुसार प्रयोग गर्ने ।
– हाइपरथाइरोडिजम :
यो हाइपोथाइरोडिजम भन्दा ठ्याक्कै उल्टो हुन्छ । यसमा टी–थ्री र टी–फोर हर्मोनको मात्रा बढ्छ ।
हाइपरथाइरोडिजम हुनुको कारणहरु
१. ग्रेभ्स रोग लाग्नाले
२. शरीरलाई आवश्यक भन्दा धेरै औषधी सेवन गर्नाले
हाइपरथाइरोडिजम हुँदा देखिने लक्षणहरु
१. भोक धेरै लाग्नु
२. पसिना धेरै आउनु
३. तौल घट्नु
४. गर्मी बढि भएको महशुस गर्नु
५. कुनै काम गर्दा हतार गर्नु
६. शरीर काँप्नु
हाइपरथाइरोडिजमको उपचार
एन्टीथाइरोइड ड्रग्स डक्टरको सल्लाहअनुसार प्रयोग गर्ने र आयोडिन १३१ नामक पदार्थ रेडियसन वा सर्जरीमार्फत उपचार गर्न सकिन्छ ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
