जवान बन्न चाहनुहन्छ ? मह खानुहोस, अनुहार पनि मुलायम र चम्किलो बनाउँछ
मह दुई प्रकारका हुन्छन् । शुद्ध मह र छानिएको मह । प्रायजसो गाउँ घरमा पाइने मह शुद्ध मह हो । गाउँघरको मह तोरी, चिउरी, फुलको रस तथा अन्य बिरुवाबाट तयार पारिन्छ । तराई क्षेत्रमा तयार पारिने मह शुद्ध भएतापनि पहाडतिरको मह स्वादिलो र स्वस्थ रहेको मानिन्छ । मौरीहरुलाई घारमा पालन गरी यसबाट मनग्य आम्दानी गर्न सकिन्छ । साथै, मौरीको घारबाट निस्केको मैनलाई औषधी र मैनबत्ति बनाउन प्रयोग गरिन्छ । महको प्रयोगले हाम्रो शरीरलाई धेरै फाइदा दिने गरेको छ । हाम्रो शरीरलाई रोगसँग लड्न सक्ने क्षमता प्रदान गर्नुको साथै बिरामी भएको बेलामा मह औषधीको रुपमा प्रयोग गरिन्छ । मौरी पालनसँगै यसको हेरचाहमा पनि उत्तिकै ध्यान दिन जरुरी हुन्छ ।
महलाई व्यबसायिक रुपमा बिक्री गर्नुपर्ने भएकोले कपडाले छान्दा समय लाग्ने भएकोले महलाई फ्याक्ट्रीमा लगि तयार पारिन्छ र बजारमा लगिन्छ । हामीले विभिन्न ठाउँमा मौरी पालन गरी घारबाट निकालिएको महलाई फ्याक्ट्रीमा लगि तयार पारिएको मह छानिएको मह हो । यसमा महलाई एकै ठाउँमा भण्डार गरेर राखिन्छ । जुन मह निकाल्दा त्यसमा परेका मौरी, चाकाका टुक्राहरु वा अन्य केही चिजहरु पर्न सकेको हुन्छन् । त्यसैले महलाई विभिन्न उपकरणमा राखी त्यसमा रहेको अनावश्यक भागहरु हटाई शुद्ध मह तयार पारिन्छ । त्यसपछि महको क्वान्टिटीको आधारमा भाँडामा राखी बिक्री गर्नको लागि तयार पारिन्छ र बजारमा बिक्री गरिन्छ ।
महको प्रयोगले स्वास्थ्य र वातावरणलाई फाइदा गर्दछ । महको प्रयोगले हाम्रो शरीरको विभिन्न भागहरुमा फाइदा गर्दछ । जसले हामीलाई स्वस्थ, निरोगी बनाउनुको साथै जवान देखाउनमा मद्दत गर्छ । महमा पाइने न्युट्रिन्स चिनी भन्दा राम्रो हुन्छ । यसमा धेरै मात्रामा फ्रुक्टोस, मल्टोस, सुक्रोस हुन्छ । जुन प्लेन ग्लुकोज चिनीमा धेरै पाइन्छ । यो मल्टोस र फ्रुक्टोसले डाइजेस्टिभ सजिलै हुने हुन्छ । एक चम्चा महमा १७ ग्राम सुगर पाइन्छ जसमा विभिन्न किसिमका कार्बोहाइट्रेड पाइन्छ । यसको साथसाथै महका धेरै फाइदाहरु रहेका छन् ।
१. महमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । जसले हाम्रो शरीरलाई जवान बनाईराख्न मद्दत गर्दछ ।
२. महको दैनिक प्रयोगले हाम्रो मुटुमा देखिने समस्याहरु कम गर्दछ ।
३. महको प्रयोगले ब्लड प्रेसर हाई हुनबाट रोक्ने काम गर्दछ ।
४. महमा चिनीको भन्दा राम्रो गुण पाइने हुनाले सुगरका बिरामीलाई असर नपार्ने हुनाले यसको प्रयोग गरिन्छ ।
५. महको प्रयोगले शरीरमा हुने कोलस्टोरल कम गर्छ ।
६. शरीरमा चोटपटक लागेको ठाउँमा मह लगाउनाले घाउ संक्रमित हुन दिदैन ।
७. रुघाखोकी लागेको बेलामा महलाई औषधीको रुपमा प्रयोग गर्नाले ठिक हुन्छ ।
८. तातोपानिमा एक चम्चा मह र कागती राखेर खानाले तौल घटाउन मद्दत गर्दछ ।
९. महको प्रयोगले अनुहारलाई मुलायम र चम्किलो बनाउनुको साथै अनुहारलाई स्वस्थ बनाउन मद्दत गर्दछ ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
