दमले गर्मीमा भन्दा जाडोमा बढि दुःख दिन्छ, यी हुन दमका लक्षणहरु
दम यस्तो रोग हो जुन लागेपछि सन्चो हुन समय लाग्ने र यसको औषधी पनि राम्रो बनेको छैन । यो हाम्रो श्वासप्रणालीमा जोडिएको रोग हो । पुरै विश्वमा ३० करोड भन्दा बढि मानिस यो रोगबाट पिडित छन् । हरेक वर्ष कैयौ मानिसहरु बिरामी हुने गरेका छन् र मृत्यु समेत भएको छ ।
दम केही खास एलर्जीको सम्पर्कमा आउनाले खोकी, हाँछ्यु, वा नाकबाट पानि आउदासम्म मतलब नगर्नाले हाम्रो शरीरलाई हानी पु¥याउन सक्छ । एलर्जीको कारणले श्वासको नली सुन्निने, सुक्ने र पछि भित्री भाग रातो हुने हुन्छ र श्वाँस बाहिर फाल्नमा अप्ठेरो हुने गर्दछ । विस्तारै विस्तारै फाक्सोमा हावा भरिन थाल्छ र छिटो छिटो श्वाँस बढ्छ । यस्तो अवस्थालाई नै दम भनिन्छ । यो रोग गर्मीमा भन्दा जाडोमा धेरै गम्भिर हुन्छ ।
दम रोग लागको लक्षणहरु
१. मुटु दुख्ने
२. कमजोरी महशुस हुनु
३. टाउकोमा भारीपन महशुस हुनु
४. रातको समयमा राम्रोसँग निद्रा नलाग्नु
५. मुटुको धड्कन बढ्नु
६. घाँटीमा खकार जमिरहनु
७. श्वाँस फेर्दा घ्वारघ्वार आवाज आउनु
दम रोगको घरेलु उपचार
१. मेथीलाई पानीमा उमालेर यसमा मह र अदुवाको रस मिसाएर सेवन गर्नाले शरीरलाई राहत मिल्दछ ।
२. अमलाको पाउडरमा मह मिसाएर खालीपेट दैनिक खानाले दम हुन कम हुन्छ ।
३. पिपलको सुकेको पातलाई जलाएर त्यसको धुलो महसँग मिसाएर एक दिनमा ३ पटक खानाले दम केही समयमै हट्छ ।
४. बिरे नुन र तुलसीको पात पिसेर १०० मिलिलिटर पानीमा उमालेर पिउने ।
५. चारवटा सुकेको अञ्जीरलाई राती सुत्नेबेला भिजाउने र बिहान उठेर खालीपेट पिसेर खानाले दम रोग लाग्न कम हुन्छ।
सम्बन्धित समाचार
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ

