मत्स्यनारायण मन्दिरमा एक महिने मेला
भक्तपुर । पुरुषोत्तम महिना (मलमास) सुरु भएसँगै चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुल गाउँस्थित मत्स्यनारायण मन्दिरमा एक महिने ‘मत्स्यनारायण मेला’ लागेको छ ।
तीन वर्षको अन्तरालमा पर्ने पुरुषोत्तम महिनामा मत्स्यनारायणको उक्त मेला सुरु भएको मन्दिरका संरक्षक गोकर्ण पुरीले जानकारी दिए । उनले भने, “यो तीनसय वर्ष पुरानो मन्दिर हो, दुई पिपलको बोटको बीचमा रहेको मन्दिर भत्किएपछि पुनःनिर्माण गरिएको हो, यसको शिलालेख पुरिएकाले उत्खनन र अध्ययन गर्नुपर्ने देखिन्छ, १०० वर्ष पुरानो पुजाको थाली भने अझै पनि छ, मन्दिरको संरक्षणमा यहाँका बासिन्दा सबै जुटेपछि अहिले यो मन्दिर वर्षभरिनै आन्तरिक पर्यटकको केन्द्र बनेको छ ।”
स–साना तीन नदीको सङ्गमस्थलमा रहेको उक्त मन्दिरलाई त्रिवेणी धामका रुपमा समेत लिइने गरिन्छ । मन्दिर संरक्षणसँगै ६४ शिव लिङ्ग, सप्तऋषिको मन्दिर, कृष्ण बर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्डसमेत रहेको सो मन्दिर परिसरमा मलमासमा दर्शनार्थीको घुइँचो लाग्छ । यहाँको कुण्डमा स्नान गरेमा छालालगायतका विभिन्न रोग नाश हुने विश्वास गरिँदै आएको छ ।
एक महिनाभरिनै लाग्ने मेलाका लागि सहजरुपमा दर्शन एवं पूजा गर्ने व्यवस्था गरिएको जानकारी दिँदै पुरीले मेलाबाहेक अन्य महिनामा पनि आन्तरिक पर्यटक आउने क्रम बढ्दै गएको बताए । यस मन्दिरमा तीज र जनैपूर्णिमामा पनि मेला लाग्छ । बाला चर्तुदशीमा महाद्वीप बाल्न र ६४ शिवलिङ्ग परिक्रमा गेर सदबिज छर्ने गरिन्छ । मलमास अवधिभर सो मन्दिरमा नारायणको पूजारपुरुषोत्तम महात्म्य वाचन गरिनेछ । मन्दिरसम्मको सडक कालोपत्र गर्न स्थानीयवासीले माग गरेका छन् ।
त्यसैगरी भक्तपुर नगरपालिका–६ स्थित अंचा पोखरी (ख्यो पुखु) मा पनि साउन २ गतेदेखि एक महिने मत्स्यनारायण पुरुषोत्तम मलमास मेला सुरु भएको छ । ऐतिहासिक एवं धार्मिक महत्व बोकेको यस मन्दिरमा हरेक दिन पूरा, पुरुषोत्तम महात्मेय वाचन सुरु गरिएको छ ।
सम्बन्धित समाचार
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


