एजेन्सी । जामुनमा भिटामिन ए, सी, आइरन, क्याल्सियम, फस्फोरस आदि पोषक तत्व पाइन्छ । यो मधुमेह, पेट दुखाइ, बाथ र पाचन समस्यामा लाभदायक मानिन्छ ।
कुन रोगमा कसरी खाने ?
मह र अमलाको जुसमा मिसाएर खाँदा यसले शरीरबाट फ्री रेडिकलहरू हटाएर दुखाइ र सूजनलाई रोक्छ । बाथ रोगमा जांबुलको बोक्रालाई उमालेर पिउने र त्यसको बाँकी रहेको घोललाई जोर्नीमा लगाउनुस् ।
महिनावारीमा हुने दुखाइको कारणहरु के के हुन् र कसरी कम गर्ने ?
जामुनले हेमोग्लोबिन बढाएर एनिमियालाई पूरा गर्छ । जामुनमा भुटेको जीरा र कालो नुन मिसाएर खाँदा एसिडिटीको समस्या हट्छ । यदि तपाईको छाला तैलीय छ भने जामुनको पेस्टले बनेको फेसप्याक लगाउनुहोस् ।
गाईको दूध, कागती, बेसन, बदामको तेल र गुलाबजलको केही थोपा मिसाएर जामुनको दानाको पेस्टबाट फेस प्याक बनाइन्छ । हरेक बिहान खाना खाएपछि जामुन खाँदा पेट सफा हुन्छ । जामुनको पात सफा चपाउँदा पखाला र पेटको अल्सरको लक्षणमा आराम मिल्छ ।