• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१३ असार २०८३, शनिबार
१३ असार २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ
  • १९ घण्टा 

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत
  • १९ घण्टा 

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध
  • २१ घण्टा 

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य
  • १ दिन 

छोराको कुटपिटबाट आफ्नै आमाको निधन
  • १ दिन 

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट
  • १ दिन 

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • २ दिन 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • २ दिन 

लोकप्रिय समाचार

  • १. जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

  • २. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

  • ३. भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

  • ४. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ५. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • ७. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ८. २०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

  • १०. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

मिथिलामा बढ्दै राखीको रौनक

जानकारी केन्द्र २०८०, भाद्र, ८

महोत्तरी । मिथिलामा चन्द्रमासको साउन शुक्लपक्ष प्रारम्भ भएपछि चाडबाड बाक्लिनेक्रम चल्छ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा प्रचलनमा रहेका मिथिला र विद्यापति पञ्चाङ्गको वर्ष आरम्भ नै चन्द्रमासको साउन प्रारम्भसँगै हुन्छ । वर्षको प्रारम्भसँगै साउन शुक्लपक्ष सुरु हुनासाथ चाडपर्व बाक्लिँदै जान्छन् ।

मिथिलामा साउन शुक्लपक्षभित्रै मधुश्रावणी पर्व समापन, झुलनोत्सव, नागपञ्चमी पर्व पर्दछन् । यी पर्वसँगै साउन शुक्लपक्षमा खास रौनक भने ‘राखी’ पर्वको देखिन्छ । अहिले साउन शुक्लपक्षको करिब मध्यतिर आइपुग्दा महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘राखी’ (रक्षाबन्धन) पर्वको रौनक ह्वात्तै बढेको छ । पूर्णिका दिन मनाइने यो पर्वको तयारी देखिन थालेसँगै मिथिला क्षेत्रमा अहिले रमझम बढेको हो । मिथिलामा यही भदौ (सौरमासको.) १४ गते बिहीबार ‘राखी’ पर्व मनाइँदैछ ।

मिथिलामा साउन शुक्लपक्ष सुरु भएसँगै ‘राखी’को चहलपहल बढ्न थाल्छ । फुटपाथे पसल हउन् वा पान पसल, ठूलठूला व्यापारिक प्रतिष्ठान हुन कि चलचित्र घर सबै ठाउँमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने गीतका धुन लगातार बजिरहेका सुनिन्छन् । चारैतिर पर्वको रमझम र तयारीले सम्पूर्ण मिथिला क्षेत्र अहिले राखीमय बनेको छ ।

मिथिलामा अहिले जताततै दाजुभाइको सौर्य बखान गरिएका माङ्गलिक गीतको मिठो धुन गुञ्जी रहेका छन् । प्रत्येकजसो गाउँनगर बस्तीमा रङ्गीविरङ्गी ‘राखी’ (साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई हातमा बाँधिदिने कलात्मक ढङ्गले बनाइएका धागोका डोरां) बेच्न राखिएका छन् । बस्तीमा खासगरी किशोरी र नवयौवना सखी सहेली एकापसमा भेट हुनासाथ गरिने कुराकानी नै ‘राखी’को तयारीसँग सम्बन्धित हुने गरेको छ ।

“दाजुभाइ को कता छन् ? उनीहरुको खोजी गर्नु र आफ्ना दाजुभाइका नाडीमा सुहाउने राखी खोज्नु अहिलेको तयारी हो”, पर्वबारे जलेश्वर नगरपालिका–२ की सामाजिक कार्यकर्ता साधना वर्माले भने । मैथिल दिदीबहिनीले पर्वका लागि टाढाटाढा रहेका दाजुभाइलाई फोन गरेर सम्झदै राखीको निम्ता गर्दैछन् ।

अविवाहित दिदीबहिनीलाई त एउटै घरमा भएपछि दाजुभाइलाई निम्ता दिन हतार हुँदैन । विवाह भएर आफ्नो घरजममा लागेका दिदीबहिनी भने साउन शुक्लपक्ष लाग्नासाथ निम्ताको तारतम्यमा लाग्छन् । “मैले त दाजुभाइलाई फोन गरेर निम्ता गरीसके”, महोत्तरीकै भङ्गाहा–४ रामनगर घर भएकी आजादी कुशवाहाले भने, “सबै दाजुभाइ मेरै घर आउने टुङ्गो भयो ।” बर्दिबास–१२ बिजलपुरा माइती भएकी कुशवाहा दाजुभाइको स्वागतको तयारीमा अहिले नै लाग्न थालेका छन् ।

त्यसैगरी अविवाहित चेली पनि काम विशेषले घर बाहिर रहेका दाजुभाइलाई सम्झँदै पूर्णिमाका दिन राखी बाँध्न आउने निम्ता दिन तल्लीन छन् । साउन शुक्लपक्ष सुरु भएयता दाजुभाइप्रति देखाइने वास्ता र पर्वको पूर्वतयारीले १५ दिन बितेको थाहै नपाइने गरेको मैथिल दिदीबहिनी बताउँछन् । पर्वको मुख्य दिन अझै सात÷आठ दिन बाँकी छँदै अहिले सिङ्गो मिथिला क्षेत्र नै पर्वको तयारीमा उमङ्गीत छ ।

मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व यस क्षेत्रको महान सांस्कृतिक पर्व रहेको मिथिला लोकसंस्कृतिका ज्ञाता बताउँछन् । साउन शुक्लपक्ष सुरु भएयता बजारमा आआफ्ना दाजुभाइलाई बाँधिने राखी छान्न मिथिलानी (मिथिलाका नारी) चेलीहरुको चहलपहल अहिलेदेखि नै बढेको छ ।

सडकका चोकचोक र हाटबजारमा गुञ्जेका राखीपर्वका गीतले आम बटुवालाई समेत द्रवित बनाउने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्तिले बताए । चेलीहरु अहिलेदेखि नै राखी बाँधी दिएपछि दाजुभाइलाई ख्वाइने मिष्ठान्न परिकारबारे योजना बनाउन थालेका छन् ।

यसैगरी दाजुभाइ पनि पर्वमा दिदीबहिनीसँग राखी बाँध्ने प्रयोजनका लागि केही दिन पहिलेदेखि नै आआफ्नो कामबाट फुर्सद मिलाउन लागेका छन् । पर्व विशेषमा दाजुभाइ, दिदीबहिनी र राखीको कारोबार गर्ने व्यापारीहरु उत्तिकै व्यस्त छन् । ग्राहकको रोजाइमा परेका राखीका डिजाइनको माग र त्यसको आपूर्ति अहिले आफ्नो मुख्य ध्येय रहेको व्यापारीहरुको भनाइ छ । पर्वका लागि अब सात÷आठ दिनमात्र बाँकी रहँदा रक्षाबन्धनका विभिन्न डिजाइनको माग र आपूर्तिका कामले एकछिन फुर्सद नभएको सीतापुर बजारमा राखी बिक्री गर्दै आएका रामभगत साहले बताए ।

सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज वलिलाई उनका बहिनीहरु गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधी दिएका र सो युद्धमा बलिको जीत भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै ‘राखी’ बाँधी दिने परम्परा बसेको मिथिला क्षेत्रमा जनविश्वास छ ।

पर्व विशेषमा यसअघि केही मनोमालिन्य रहे पनि दिदीबहिनीले निम्ता गरेपछि दाजुभाइ राखी बाँध्न पुग्ने गर्नुले चेलीहरु र माइती पक्षबीच सम्बन्ध सुधारमा समेत पर्वको विशिष्ट भूमिका हुने गरेको शिक्षा क्षेत्रमा उपसचिव पदमा रही लामो सरकारी सेवाबाट अवकाश लिएका जिल्लाकै जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टीका ८२ वर्षीय कृष्णचन्द्र झाले बताउ ।

पर्व विशेषमा दिदीबहिनी नहुने पुरुष र दाजुभाइ नहुने मिथिलानीहरुले नजिकका नाता खोजेर राखी बाँध्ने, बधाउने परम्पराले यो सांस्कृतिक पर्वको महत्व झनै उजेलिएको आम मिथिलावासी बताउँछन् । पर्वमा दाजुभाइ भेट हुन नसक्ने टुङ्गो भएपछि आफ्ना दाजुभाइलाई खाममा ‘राखी’ राखेर हुलाकमार्फत पठाउने पुरानो चलन हराए पनि मोबाइलमै राखीको तस्विर खिचेर पठाउने बढेका छन् ।

पर्वमा ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा यजमानलाई बाँधी दिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनीकै हातबाट राखी बाँधिनु रहेको देखिन्छ । विगतमा मिथिला क्षेत्रका रैथाने बासिन्दामा मात्र प्रचलनमा रहेको यो पर्व आपसी सांस्कृतिक घुलमिलले अब हिन्दू धर्मावलम्बी पर्वते समुदाय मात्र नभई इस्लाम धर्मावलम्बी भित्र पनि बाक्लै प्रचलनमा आएको छ । पर्वते समुदायका चेली र इस्लाम धर्मावलम्बी दिदीबहिनी पनि आपूmले दाजुभाइ मानेकाहरुलाई राखी बाँधी दिन पर्वको तयारीमा देखिन्छन् ।

पछिल्ला दिनमा पर्व हिन्दू धर्मावलम्बीको मानिँदै आइए पनि समाजमा हुने देखासिकी र पर्वको रमाइलो तथा आत्मीय पक्षको आकर्षणले महोत्तरीका इस्लाम धर्मावलम्बी युवाले हिन्दू महिलालाई दिदीबहिनी बनाएर र इस्लाम धर्मावलम्बी चेलीहरुले हिन्दू युवालाई दाजुभाइ बनाएर राखी बाँध्ने व्यापक प्रचलन बढ्दै जानुले यो पर्व अब मिथिला क्षेत्रको साझा पर्व बनेको सम्सी गाउँपालिका–६ सम्सीका इस्लाम धर्मावलम्बी ३५ वर्षीय युवा अहमद इम्तियाजले बताए । रासस

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.