• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ बैशाख २०८३, शनिबार
२६ बैशाख २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
  • ६ घण्टा 

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
  • ९ घण्टा 

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
  • ११ घण्टा 

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
  • १२ घण्टा 

MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026
  • १३ घण्टा 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १३ घण्टा 

२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन
  • १३ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?

  • २. २०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. Big Moves in charlotte, Nepali Diaspora eyes investment Back Home  

  • ४. किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण

  • ५. घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ६. कालंगा हाइड्रोको आईपीओ जेठ ८ देखि खुल्ने, सर्वसाधारणका लागि कति ?

  • ७. नारायणगढ-मुग्लिन सडकमा सुख्खा पहिरो, यातायात अवरुद्ध

  • ८. २०८३ वैशाख २१ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • १०. Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features

ओझेलमा परेको रामजानकीको विवाह मण्डप बन्दै

जानकारी केन्द्र २०८०, भाद्र, २७

महेन्द्रनगर (धनुषा) । भगवान् रामजानकीको विवाह भएको वास्तविक विवाह मण्डप जनकपुरधाम उपमहानगरपालिका– १३ मनिमण्डपमा निर्माण थालिएको छ । तेत्रा युगमा अयोध्याका राजकुमार राम र मिथिलाकी राजकुमारी जानकीबीच भएको विवाह यसै मनिमण्डपमा भएको धार्मिक विश्वास छ । पछि जानकी मन्दिर छेउमै विवाह मण्डप बनाइएपछि ओझेलमा परेको यो विवाहमण्डप भव्य नयाँ स्वरुपमा बनाइँदै छ । मनिमण्डपको उत्तरतर्फ आकर्षक कलाकृतिसहितका भवन बन्दैछन् । चारैतिर पर्खालले घेरिएको जग्गामा रामायणकालको झल्को दिने गरी विवाह मण्डप बनाउन लागिएको छ ।

अहिले उक्त मण्डपमा रामजानकीको विवाहमा भएजस्तै सम्पूर्ण सामग्रीको व्यवस्था गर्न लागिएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन विभागको सङ्घीय आयोजना कार्यान्वयन इकाईले कूल १८ करोड १५ लाख २२ हजार नौ सय ७३मा निर्माण गर्न लागेको उक्त मण्डपको ठेक्का रविना कन्ट्रकशन प्राली ले अगामी मङ्सिर २२ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी पाएको थियो ।

उक्त मण्डपको हालसम्म करिव ७५ प्रतिशत वित्तीय र ८० प्रतिशत भौतिक प्रगति भइरहेको उक्त कार्यालयका सूचना अधिकृत इञ्जिनीयर लक्ष्मण यादवले बताए । हालसम्म १३ करोड ३५ लाख ३६ हजार छ सय खर्च भइसकेको मण्डप आसपास पौराणिकपन झल्किने गरी राजा जनकको दुई तले दरबार, २५ वटा विश्राम कक्ष, दुई वटा डायनिङ कक्ष, बरबधुको विश्रामका लागि एक धर्मशाला, एकवटा स्वयम्बर मण्डपसहित दुई वटा मण्डप र २१ वटा शैचालयलगायत संरचना निर्माण गरिने इञ्जिनीयर यादवले बताए ।

यस विवाह मण्डपलाई पर्यटनको केन्द्र बनाउन र जनकपुरधामलाई पवित्र र धार्मिक वैवाहिक गन्तव्यका रुपमा विकास गराउन लागिएको वडा नं १३ का वडाध्यक्ष जतबहादुर राउतले बताए ।

विभागबाट खटेका विशेषज्ञले डिजाइन गरेको सो विवाह मण्डपमा गुठी संस्थानले भौतिक संरचना निर्माणका लागि साँढे चार बिघा जग्गा उपलब्ध गराएको थियो ।‘डबल हाइट पब्लिक कोर्ट रूम’ पनि बन्दैछ जसमा ३० जना अटाउने छन् । मण्डप छेउमा प्रसाद र शृङ्गारका सामान बेच्न व्यापारिक भवन पनि बनाइएको छ ।

जानकी मन्दिरकै शैलीमा यी भवनको डोम र गुर्जा बनाउने सम्झौता रहेको र त्यसअनुसार काम गर्न भारतको राजस्थानबाट बुट्टा बनाउने मिस्त्री ल्याउनु परेको, कोरोना सङ्क्रमणका बेला छ वटा गुर्जा बनाउन नौ महिना लागेकामा हाल धमाधम काम भइरहेको इञ्जिनीयर यादवले बताए ।

प्लास्टर, पुटिङ, बुट्टा, फिनिसिङलगायत काम हुँदैछ । मार्बल लगाइँदै छ । फर्निचर, विद्युत् र पेन्टिङको काम भने बाँकी छ । अहिले सुविधा सम्पन्न र आकर्षक यी संरचना देखेर यहाँका बासिन्दा दङ्ग छन् । आयोजना सम्पन्न हुनै लाग्दा अव देश विदेशबाट तीर्थालु आउने र व्यापार–व्यवसाय बढ्ने भएपछि बल्ल विकासको आशा पलाएको स्थानीयवासी विनोद साहले बताए । जनकपुरधामको मुख्य बजारदेखि करिब तीन किलोमिटरको टाढा रहेको यो स्थानलाई राज्य र जनकपुरधामकै बजार क्षेत्रका साधुसन्तले अहिलेसम्म ओझेलमा पार्ने काम गरेको विवाह मणिमण्डप विकास समितिका अध्यक्ष नरायण राउतले गुनासो गरे ।

विवाहा मण्डप निर्माण भएपछि नेपाल र भारतका साथै अन्य मुलुकबाट पनि दर्शनको लागि यात्रु आउने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

ताजा

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.