के हो पिस्ता ? कस्ता छन् यसका फाइदाहरु ?
पिस्ता ड्राइ फुड तथा मसलाको रूपमा प्रयोग गरिने फल लाग्ने बनस्पति हो । यसले हाम्रो स्वास्थ्यको लागि निकै फाइदा गर्दछ । ठुला–ठुला होटल तथा रेस्टुरेन्टहरुमा यसलाई मुख्य मसलाको रुपमा प्रयोेग गरिन्छ । यसको स्वादले खानालाई स्वादिलो बनाउनुको साथै शरीरका विभिन्न भागहरुमासमेत फाइदा पु¥याउने भएकोले यसको प्रयोग धेरै गर्ने गरिन्छ ।
यसको खेती र प्रयोग पनि बढ्दो छ । यसलाई बोटबाट टिपेर भुटेर ड्राइ फुडको रुपमा प्रयोग गर्ने गरिन्छ । कतिपय मानिसहरुलाई यसको बारेमा र फाइदाहरु थाहा नहुन सक्छ । यसले हाम्रो शरीरको विभिन्न भागहरुमा फाइदा पु¥याउदछ । जसले हाम्रो शरीर स्वस्थ हुनुको साथै आँखालाई समेत फाइदा गर्दछ ।
यसका फाइदाहरु निम्न रहेका छन् ।
१. पिस्तामा आइरन, पोटासियम, म्याग्नेसियम, फस्फोरस तथा भिटामिन बी६ को मात्रा बढ्दो रुपमा पाइन्छ।
२. पिस्ताको नियमित प्रयोगले मुटुजन्य समस्याहरुबाट बचाउछ र मुटुका धड्कनलाई नियमित बनाउन मद्दत गर्दछ ।
३. ५० दाना पिस्तामा १६० क्यालोरी पाइन्छ । यसलाई लो क्यालोरीको रुपमा प्रयोग गर्ने गरिन्छ ।
४. पिस्तामा अन्यधिक मात्रामा फाइबर पाइन्छ जसले, पाचन प्रणालीमा सन्तुलन ल्याउन मद्दत गर्दछ ।
५. पिस्तामा पाइने क्यारोटिनोइड गुण पाइन्छ जसले, आँखाको ज्योतीलाई बलियो बनाइराख्न मद्दत गर्दछ ।
६. पिस्तामा माछा मासुमा पाइने प्रोटिनको मात्रा लुकेर बसेको हुन्छ । जुन शाकाहारी तथा मांशाहारी दुबैको लागि फाइदा हुन्छ ।
७. पिस्तामा पाइने फिटोसटेरोल्स तत्वले अन्य श्रोतबाट प्रवेश गर्ने कोलेस्टेरोललाई सोस्ने काम गर्दछ ।
८. पिस्ताको दैनिक प्रयोगले क्यान्सर तथा मुटुजन्य रोगको लागि प्रतिरोधात्मक क्षमता बढाउछ ।
९. पिस्तामा फेनोलिक तत्व पाइन्छ जसले, हाम्रो शरीरमा रहेको विषादीहरुलाई नष्ट गर्ने काम गर्दछ । जुन विषादीनाशक गुणले हाम्रो शरीरमा तनाव उत्पन्न हुन दिदैँन ।
१०. पिस्तामा विशेष प्रकारको चिल्लो पदार्थ पाइन्छ जसले हाम्रो शरीरलाई फाइदा गर्दछ ।
११. पिस्ताको नियमित प्रयोगले रक्तचाप हुने व्यक्तिहरुका लागि फाइदा पु¥याउँदछ ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
२०८३ भदौ ७ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

