• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, पुष ०८, २०८२
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ४. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ५. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • ९. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

मधुमेह के हो ? भयो भने कस्तो समस्या निम्तिन सक्छ ?

मधुमेह एउटा गम्भीर स्वास्थ्य समस्या हो जसका कारण प्रत्येक वर्ष १० लाखभन्दा बढी मानिसको ज्यान जाने गर्छ। जोसुकैलाई पनि मधुमेह लाग्न सक्छ । यसलाई चिकित्सकीय भाषामा ‘डाइअबीटीज’ भनिन्छ । रगतमा चिनीको मात्रा बढी हुने भएकाले यसलाई ‘सुगर’ वा ‘चिनी रोग’ पनि भन्ने गरिएको छ ।

शरीरले रगतमा भएको सबै चिनी (ग्लुकोज) प्रशोधन गर्न नसक्दा मानिसमा हृदयाघात, मस्तिष्काघात र अन्धोपन हुन सक्छ अनि मिर्गौलाले काम गर्न छाड्ने अवस्था पनि निम्तिन सक्छ । मधुमेहको समस्या विश्वभरि निरन्तर बढिरहेको छ । विश्वभरि अनुमानित ४२ करोड मानिस मधुमेहबाट पीडित छन् ।

अहिलेको सङ्ख्या ४० वर्षअघिको भन्दा चार गुना बढी भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । जोखिम भए पनि मधुमेह भएका आधाभन्दा धेरै मानिसहरूलाई यो रोगबारे थाहा नै छैन । तर, जीवनशैली परिवर्तन गर्दा धेरैमा यो जोखिम नियन्त्रण गर्न सकिन्छ ।

मधुमेह कसरी हुन्छ ?
खाना खाएपछि हाम्रो शरीरले कार्बोहाइड्रेटलाई टुक्र्याएर ग्लुकोज बनाउँछ । पेटनजिकै अवस्थित प्यान्क्रिअस अर्थात् अग्न्याशय भनिने एउटा ग्रन्थिले इन्सुलिन नामक होर्मन उत्पादन गर्छ जसले हाम्रो शरीरलाई त्यो ग्लुकोजलाई सोसेर पोषण बनाउन निर्देशन दिन्छ । तर इन्सुलिनले राम्ररी काम नगरे वा त्यसको उत्पादन नभए रगतमा चिनी जम्मा हुन थाल्छ । त्यस्तो अवस्थालाई मधुमेह अर्थात् डाइअबीटीज भनिन्छ ।

मधुमेह कति प्रकारका छन् ?
मधुमेह कैयौँ प्रकारका छन् । टाइप वन डाइअबीटीज भनिने मधुमेहमा प्यान्क्रिअसले इन्सुलिन उत्पादन गर्न बन्द गर्छ । त्यही भएर ग्लुकोज रगतमा जम्मा भएर बस्छ । किन यस्तो हुन्छ भन्ने वैज्ञानिकहरूलाई स्पष्ट कारण थाहा छैन । तर उनीहरू अनुवंश वा भाइरल सङ्क्रमणका कारण प्यान्क्रिअसबाट इन्सुलिन उत्पादन हुने कोशिकाहरू नष्ट भएको हुनसक्ने ठान्छन् ।

मधुमेह भएका झन्डै १० प्रतिशत मानिसहरू टाइप वन मधुमेहबाट पीडित छन् । टाइप टू डाइअबिटिज हुँदा प्यान्क्रिअस ग्रन्थिले पर्याप्त इन्सुलिन उत्पादन गर्दैन र होर्मनले पनि राम्रोसँग काम गर्दैन । यो समस्या अधिकांश अधबैँसे उमेरका मानिस र वृद्धवृद्धालाई हुन्छ । किशोरावस्थामा पनि बढी तौल भएका र निष्क्रिय व्यक्तिमा तथा निश्चित समुदायका व्यक्तिहरू विशेषतः दक्षिण एशियाली समुदायमा यस्तो समस्या देखिएको छ ।

कतिपय गर्भवती महिलाहरूमा पनि मधुमेह देखा पर्न सक्छ । त्यस बेला उनीहरूको शरीरले आफू र बच्चाका लागि चाहिने पर्याप्त इन्सुलिन उत्पादन गर्न सक्दैन । विभिन्न अध्ययनहरूले फरकफरक मापदण्ड प्रयोग गरेर ६ देखि १६ प्रतिशत गर्भवती महिलामा ‘जेस्टेशनल डाइअबीटीज’ देखा पर्ने गरेको जनाएका छन् ।

त्यस्तो अवस्था सिर्जना भएका महिलाहरूले चिनीको मात्रालाई आहारा, शारीरिक गतिविधि वा इन्सुलिनको प्रयोग गरेर टाइप टू मधुमेह हुनबाट रोक्नुपर्छ । मानिसहरूमा मधुमेह हुनुअघिका समस्याहरू पनि देखा पर्न सक्छन् । त्यति बेला ग्लुकोजको मात्रा बढी हुने गर्छ र त्यसले पनि मधुमेह गराउन सक्छ ।

मधुमेहका लक्षणहरू के हुन् ?
एकदमै तिर्खा लाग्ने
नियमितभन्दा धेरै पिसाब लाग्ने, विशेष गरेर रातको समयमा
एकदमै गलेको महसुस हुने
प्रयास नगरीकनै तौल घट्ने
मुख र घाँटीभित्र बारम्बार घाउ भइरहने
धमिलो देखिने
चोट र घाउ निको नहुने

ब्रिटिश न्याश्नल हेल्थ सर्भिसका अनुसार टाइप वन मधुमेहको लक्षण उमेर सानै हुँदा वा किशोरावस्थामै पनि देखा पर्न थाल्छ र यो अझ गम्भीर हुन पुग्छ । टाइप टू मधुमेहको जोखिम भने ४० वर्षभन्दा माथिको उमेरका (दक्षिण एशियाको हकमा २५ वर्षमाथिको उमेरमाथिका) व्यक्तिमा हुन्छ । आमाबुवा वा दाजुबहिनीमा मधुमेह भएका, बढी तौल भएका र दक्षिण एशियाली, एफ्रो-क्यारिबिअन वा ब्ल्याक अफ्रिकन समुदायका मानिसमा यस्तो समस्या हुन्छ ।

के मधुमेह रोक्न सकिन्छ ?
मधुमेह आनुवंशिक वा पर्यावरणीञ कारणहरूमा निर्भर रहन्छ । तर तपाईँले रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्न सक्नुहुन्छ । त्यसका लागि खानेकुरा स्वास्थ्यकर र जीवनशैली सक्रिय हुनुपर्छ । चिनी भएका प्रशोधित खानेकुरा र पेयपदार्थ सेवन नगर्नु तथा र पाउरोटी अनि पास्ताको साटो परम्परागत पिठोबाट बनाइएका परिकार उपभोग गर्नु त्यस दिशातिर पहिलो पाइला हो ।

रेसा र बढी भिटामिन भएका भाग हटाइने हुनाले प्रशोधित चिनी र प्रशोधित अन्नमा पोषक तत्त्व निकै कम हुन्छ । जस्तै – आँटा, सेतो पाउरोटी, सेतो चामल, सेतो पास्ता, पेस्ट्रीहरू, गुलियो पेयपदार्थ, मिठाई र बिहानीपख खानामा खाइने चिनी मिश्रित सिरिअल हुन् ।

राम्रो खानामा तरकारी, फलफूल, गेडागुडी र सग्लो अन्न पर्छन् । तेल, बियाँ भएका फल र ओमेगा(थ्री धेरै भएका माछाहरू जस्तै सार्डिन, स्यामन र म्याक्रल माछा पनि यही श्रेणीमा पर्छन् । यी खानेकुरा नियमित अवधिमा खानु र पेट भरिएपछि खान छाड्नु एकदमै महत्त्वपूर्ण हुन्छ ।

शारीरिक व्यायामले पनि हाम्रो रगतमा गुलियोको मात्रा कम गर्न सघाउँछ । ब्रिटेनको न्याश्नल हेल्थ सिस्टम (एनएचएस) ले प्रत्येक साता अढाई घण्टा एरोबिक व्यायाम गर्न सुझाव दिएको छ । त्यसमा चाँडोचाँडो हिँड्नु र सिँढी चढ्नु पनि पर्छन् । शरीरको तौल ख्याल गर्दा त्यसले रगतमा गुलियोको मात्रा सन्तुलनमा राख्न सघाउँछ ।

यदि तपाईँ तौल घटाउन चाहनुहुन्छ भने बिस्तारै गर्ने प्रयास गर्नुहोस् । त्यो भनेको एक सातामा आधादेखि एक केजी घटाउनुहोस् भन्ने हो । धूमपान नगर्नु र आफ्नो कोलस्ट्रोलको तहलाई निगरानी गर्दा मुटुसम्बन्धी रोगको जोखिम कम गर्न सकिन्छ ।

मधुमेह भयो भने कस्तो समस्या निम्तिन सक्छ ?
रगतमा चिनीको मात्रा उच्च हुँदा रक्तनलीमा गम्भीर रूपमा क्षति पुग्न सक्छ । यदि तपाईँको शरीरमा रगत राम्रोसँग प्रवाह हुन सकेन भने त्यसबाट सबै अङ्गप्रत्यङ्गमा रगत पुग्न सक्दैन । अनि रगत पुग्न नसक्दा अक्सिजनको आपूर्ति अवरुद्ध हुन्छ र त्यसबाट स्नायुप्रणालीमा क्षति हुने जोखिम बढ्छ ।

त्यसले कुनै कुरा महसुस गर्ने र देख्ने क्षमता नै गुम्न सक्ने अनि पैतालामा सङ्क्रमण पनि हुन सक्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार विश्वमा अहिले अन्धोपन, मिर्गौलाले काम नगर्ने, हृदयाघात, पक्षाघात र शरीरको तल्लो भाग काट्नुपर्ने जस्ता समस्याको प्रमुख कारण मधुमेह देखिएको छ । सन् २०१६ मा अनुमानित १६ लाख जनाको मृत्यु प्रत्यक्ष रूपमा मधुमेहका कारण भएको थियो ।

कति मानिसलाई मधुमेह छ ?
डब्ल्यूएचओका अनुसार मधुमेह भएका मानिसको सङ्ख्या सन् १९८० मा १०.०८ करोड थियो । सन् २०१४ मा त्यो बढेर ४२.२० करोड पुगेको छ । सन् १९८० मा विश्वभरि १८ वर्षमाथिका वयस्कमध्ये ५ प्रतिशतभन्दा कमलाई मधुमेहको समस्या थियो । तर सन् २०१४ त्यो दर ८.५ प्रतिशत पुग्यो ।

इन्टरन्याश्नल डाइअबीटीज फेडेरेशनले यो समस्या भएका झन्डै ८० प्रतिशत वयस्कहरू मध्यम तथा न्यून आय भएका देशहरूमा बस्ने गरेको र त्यहाँको आहारविहारको शैलीमा तीव्र रूपमा परिवर्तन भइरहेको जनाएको छ । विकसित देशमा मधुमेहलाई गरिबी र सस्तो मूल्यमा पाइने प्रशोधित खानाको सेवनसँग जोडेर हेर्ने गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर
    कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?
    आजको मौसम : देशभर आंशिक बदली

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 
    • पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    • टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
    • सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.